पहिलो पारीमा मुस्किलमा भारत, जेमिसनको अविश्वसनीय प्रदर्शन

काठमाडौं- इंग्ल्याण्डमा जारी टेष्ट च्याम्पियनशिप फाइनलको पहिलो पारीमा भारतको पारी धर्मराएको छ ।

राम्रो सुरुवात गरेको उसले दोस्रो दिनको लन्च समयसम्म ८९ ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनाएको छ ।

उसका लागि पहिलो पारीमा उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्तले चार रन बनाए ।

यो अवस्थामा काइल जेमिसनले तीन, नील वाग्नरले दुई, टिम साउथी र ट्रेन्ट बोल्टले एकएक विकेट लिएका छन् । न्यूजिल्याण्डका लागि तीव्र गतिका बलर जेसिमनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले २० ओभरमा १२ मेडनसहित २६ रन दिएर महत्वपूर्ण तीन विकेट हात पारेका छन् । उनले विराट, रोहित र ऋषभको विकेट लिएका हुन् ।

Loading...