कोहलीको सम्मान नगरेको भन्दै जेमिसनमाथि खनिए आरसीबीका समर्थक!

काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान अजिंक्य रहाणे आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनलको तेस्रो दिन ब्याटिङ गर्न आए। आकाशभरि बादल मडारिएको थियो।

जसको फाइदा तीव्र गतिका बलरले लिइरहेका थिए। यसको फाइदा उठाउँदै न्यूजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसनले विराटलाई आफ्नो जालमा फसाए। जेमिसनले कोहलीलाई एल्बीडब्ल्यू धरापमा पारे।

र, तेस्रो दिनमा भारतीय टिमलाई पहिलो ठूलो झड्का दिए। कोहली ४४ रन बनाएर आउट भए। उनलाई आउट गरेपछि ट्वीटरमा जेमिसनको विरोध भइरहेको छ।

आईपीएल २०२१ मा जेमिसनलाई रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को टोलीमा समावेश गरिएको थियो। र, उनको कप्तान कोहली थिए।

धेरै भारतीय आरसीबीका प्रशंसक उनको आरसीबीसँगको सम्झौता रद्द गर्न माग गरिरहेका छन्। धेरै प्रशंसकले आफ्नो कप्तानको सम्मान नगरेको आरोप लगाएका छन्।

यद्यपि, आईपीएल २०२१ को पहिलो भागको दौरान कोहलीले जेमिसनलाई ड्यूक्सको बलमा अभ्यास गर्न अनुरोध गरेका थिए ।

तर, किवी बलरले उनको आग्रह अस्वीकार गरेका थिए। र, उनलाई त्यसबेला टेष्ट च्याम्पियनशिप फाइनलमा भेट्न भनेका थिए।

२१७ रनमै समेटियो भारत

इंग्ल्याण्डको साउथह्याम्टनमा जारी आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनलको पहिलो पारीमा भारत २ सय १७ रनमै अलआउट भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो । उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

 

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नरले दुई, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले विकेट लिए । न्यूजिल्याण्डका लागि पहिलो पारीमा तीव्र गतिका बलर जेसिमनले उत्कृष्ट प्रदर्शन गरे ।

 

उनले २२ ओभरमा १२ मेडनसहित ३२ रन दिएर पाँच विकेट हात पारेका छन् । उनले विराट, रोहित, ऋषभ, बुमराह र इशान्तको विकेट लिए ।

Loading...