लोकप्रिय बलर भन्छन् : आरसीबीबाट आईपीएल खेलेकाले जेमिसनले WTC मा उत्कृष्ट प्रदर्शन गरे

काठमाडौं- दक्षिण अफ्रिकाका पूर्वतीव्र गतिका बलर डेल स्टेनले विश्व टेष्ट च्याम्पिएनशिप फाइनलमा काइल जेमिसनको प्रदर्शनलाई लिएर प्रतिक्रिया दिएका छन्।

उनले आरसीबीबाट आईपीएल खेलेकै कारण जेमिसनले डब्ल्यूटीसीमा उत्कृष्ट प्रदर्शन गरेको बताएका हुन्।

आईपीएल खेलेर खेलाडीको अनुभव बढ्ने स्टेनले बताए। जेमिसनको पनि आईपीएल खेलेर कन्फिडेन्स लेवल धेरै बढेको उनको भनाइ छ। जेमिसनले आईपीएल २०२१ मा आरसीबीबाट डेब्यू गरेका थिए।

विराट कोहलीको कप्तानीमा रहेको आरसीबीमा उनले ७ खेलमा ९ विकेट लिएका थिए। जेमिसनले टेस्ट च्याम्पियनशिप फाइनलमा भारतविरुद्ध ३१ रन दिएर ५ विकेट लिएका छन्।

क्रिकइन्फोसँगको कुराकानीमा स्टेनले भने, ‘म जेमिसनको प्रदर्शनबाट प्रभावित भएको छु। मेरो हिसाबले आईपीएल खेलेर उनमा कन्फिडेन्स धेरै बढेको छ। कोहली, एबी डिभिलियर्स, ग्लेन म्याक्सवेल जस्तो खेलाडीसँग ड्रेसिङ रूम शेयर गर्न पाउनु पनि यसको उपज हो।’

जेमिसनले आरसीवीका प्रत्येक खेलमा उत्कृष्ट खेलेको उनले बताए। ‘उनले आईपीएलमा धेरै राम्रो प्रदर्शन गरेका थिए। मलाई लाग्छ, टेस्ट क्रिकेटमा पनि उनमा कन्फिडेन्स धेरै भयो,’ स्टेनले भने।

Loading...