शतक बनाउन भुलेकै हुन् कोहली ?

काठमाडौं : विराट कोहलीको रन खडेरी विश्वकप च्याम्पियनशिप फाइनलको पहिलो पारीमा पनि जारी रह्यो। उनी १३२ बलमा ४४ रनमा आउट भए।

विराटले आफ्नो इनिङ्समा केवल १ चौका हिर्काए। उनी काइल जेमिसनको बलमा एल्वीडब्लू आउट भए।

विराटले पछिल्लो ५६९ दिनदेखि तीनै प्रारूपको क्रिकेटमा शतक बनाउन सकेका छैनन्। उनले नोभेम्बर २०१९ मा बंगलादेशविरुद्ध डे–नाइट टेस्टमा अन्तिम शतक बनाएका थिए।

नोभेम्बर २०१९ देखि विराटले तीनै प्रारूपमा ४० वटा खेल खेलेका छन्। यसमा उनले ४३.३१ को औसतमा १६४६ रन बनाए।

यस अवधिमा उनको उच्च स्कोर नटआउट ९४ रन हो। विराटले टेस्टमा पछिल्ला १३ खेलमा शतक बनाउन सकेको छैन। कोलकाताको इडन गार्डनमा उनले बंगलादेशविरुद्ध १३६ रन बनाए।

यस पछि उनले अन्तिम १३ इनिङ्समा ३३२ रन बनाए। यस समयमा विराटले तीन पटक अर्धशतक बनाए। उनको सर्वाधिक स्कोर ७४ हो। उनले अस्ट्रेलियाविरुद्ध गत बर्ष एडलेड ओभलमा अर्धशतक बनाएका थिए।

कोहली ‘डीआरएस’ मा पनि असफल

विराटले बर्तमान ब्याट्सम्यानको रूपमा टेस्टमा जम्मा १७ पटक ‘डीआरएस’ लिएका छन्। यसमा २ पटक अम्पायरले आफ्नो निर्णय परिवर्तन गरे।

एकै साथ अम्पायर ५ पटक ‘डीआरएस’को सामना गर्नुप¥यो। १० पटक ‘डीआरएस’मा अम्पायरको निर्णय सत्य सावित भयो। १० पटक उनले ‘डीआरएस’को लागि सोधे। तर, अम्पायरको निर्णय सहि भयो।

भारतीय ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्

भारतका कुनै पनि ब्याट्सम्यानले न्यूजिल्यान्डविरुद्ध फाइनलमा अर्ध शतक बनाउन सकेनन्। अजिंक्य रहाणेले ४९ रन बनाए।

त्यस्तै रोहित शर्माले ३४, शुभमन गिल २८, चेतेश्वर पुजारा ८, विराट ४४, ऋषभ पन्त ४ रनमा आउट भए। यस्तै रविन्द्र जडेजा १, रविचन्द्रन अश्विन २२, इशान्त शर्मा ४, बुमराह शून्य र मोहम्मद शामीले ४ रन बनाए।

न्यूजिल्यान्डविरुद्ध अर्धशतक बिना धेरै रन

भारतले उच्च स्कोर बनाउन न्यूजील्यान्डविरुद्ध कुनै पनि ब्याट्सम्यानले अर्धशतक लगाउन सकेन।

१९९५ मा भारतले कटकको बाराबती स्टेडियममा खेलेको खेलमा किवी टीमविरुद्ध पहिलो पारीमा ८ विकेट गुमाएर २९६ रन बनाएर पारी घोषित गर्यो।

यसमा सबैभन्दा धेरै रन नयन मोङिया र अजय जडेजाले बनाए। दुबैले समान ४५–४५ रनको इनिङ्स खेलका थिए।

Loading...