कोहलीको विकेट लिएपछि यस्तो भन्छन् जेमिसन

काठमाडौं- विश्वकप टेष्ट च्याम्पियनशिप फाइनलमा विराट कोहलीको विकेट लिएपछि न्यूजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसनले प्रतिक्रिया दिएका छन्।

जेमिसनले कोहलीको विकेट लिएको बलमा जुनसुकै ब्याट्सम्यान आउट हुन सक्ने प्रतिक्रिया दिएका हुन्।

खेलको तेस्रो दिन काइल जेमिसनले कोहलीलाई एलबीडब्ल्यू आउट गरेका थिए। कोहली ४४ रनमा आउट भएका थिए।

पहिलो इनिङ्समा जेमिसनले ३१ रन दिएर ५ विकेट लिएका थिए। यही कारणले गर्दा भारतीय टीम ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।

खेलपछि भर्चुअल प्रेस सम्मेलनको क्रममा जेमिसनले कोहलीको विकेटको बारेमा बयान दिएका हुन्।

भारतले आफ्नो पहिलो इनिङ्समा २१७ रन बनाएको थियो। न्यूजिल्याण्डले तेस्रो दिनको खेल समाप्त भएसम्म पहिलो इनिङ्समा २ विकेट गुमाएर १०१ रन बनाएको छ।

कप्तान केन विलियमसन १२ र रस टेलर क्रिजमा छन्। न्युजिल्यान्ड पहिलो पारीको आधारमा भारतभन्दा ११६ रनले पछाडि छ।

Loading...