नेपालले खेल्ने सिरिज हुने पक्का, मिति सार्वजनिक

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको मिति सार्वजनिक भएको छ ।

आईसीसीले आज नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक मितिअनुसार यो सिरिज जुलाई २० देखि ३० सम्म स्पेनमा हुनेछ । खेल तालिका भने सार्वजनिक हुन बाँकी छ ।

सिरिज स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुनेछ । यो मैदानमा पहिलो पटक अन्तराष्ट्रिय सिरिज हुन लागेको हो ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली घोषणा गरिसकेको छ । नेपालले भोलिदेखि बन्द प्रशिक्षण सुरु गर्दैछ ।

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम सार्वजनिक गरेको छ । तर, पृथु बाँस्कोटा भने प्रशिक्षणमा सहभागी नहुने क्यानले जनाएको छ । व्यक्तिगत कारण देखाउँदै उनले प्रशिक्षणमा सहभागी नहुने बताएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, पृथु बास्कोटा (सहभागी नहुने), विनोद भण्डारी, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी र विक्रम सोब ।

Loading...