WTC फाइनल बराबरीमा समाप्त हुन सक्ने सम्भावना !

काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले भारत र न्यूजिल्याण्डबीचको विश्व टेस्ट च्याम्पियनशिप फाइनल बराबरीमा समाप्त हुने बताएका छन्।

साउथह्याम्टनमा जारी डब्ल्यूटीसी फाइनल खेल वर्षाका कारण हुन सकेको छैन ।

गावस्करले भारत र न्यूजिल्यान्डले ट्रफी साझेदारी गर्ने बताएका हुन्। गावस्करले ‘आज टक’सँग कुराकानी गर्दै डब्ल्यूटीसी फाइनल ड्र हुने बताउँदै भने, ‘अब खेल समाप्त हुन दुई दिन मात्रै बाँकी छ।’

‘विश्व टेस्ट च्याम्पियनशिप फाइनल ड्र मा समाप्त हुनेछ। र ट्रफी साझा हुनेछ। यो पहिलो पटक ट्रफी सेयर हुनेछ। फुटबलमा, पेनाल्टी शुटआउट्स वा अन्य खेलहरूले विभिन्न तरिकामा एक विजेता निर्णय हुन्छ। यसमा त्यस्तो सम्भव छैन,’ उनले भने।

उनले त्यसैमा थप्दै भने, ‘टेनिसमा पाँच सेट छन्। र, त्यसपछि विजेता टाईब्रेकर मार्फत निर्णय लिइन्छ। टेस्टमा हामीसँग यस्तो घटनामा ड्र मात्र हुन्छ र यहाँ ड्रको ठूलो सम्भावना पनि छ।’

उनले विजेताको निर्णय गर्नको लागि आईसीसीले केही निर्णय लिनु पर्ने बताएका छन्। ‘२०१२ वर्ल्ड कपमा सब भन्दा धेरै चौका लगाउने टीमलाई विजेता घोषित गरियो,’ उनले भने, ‘वर्ल्ड टेस्ट च्याम्पियनशिपको विजेता निर्णय गर्न आइसीसीले केहि गर्नुपर्छ।’

Loading...