वेष्ट इण्डिजका कप्तानले किन मागे प्रशंसकसँग माफी? यस्तो छ कारण

काटमाडौं : वेष्ट इण्डिज टेष्ट टिमका कप्तान क्रेग बार्थवेटले प्रशंसकहरूसँग माफी मागेका छन्।

दक्षिण अफ्रीकाविरुद्ध टेस्ट श्रृंखला २-० ले हारेपछि ब्राथवेटले प्रशंसकसँग माफी मागेका हुन्।

यो सिरिजका दुवै खेलमा वेस्ट इण्डिजले हारको सामना गर्नुपर्‍यो। पहिलो खेल हारेको वेस्ट इण्डिजले दोस्रो खेल पनि ठूलो अन्तरले गुमाएको थियो।

जितका लागि ३२४ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज दोस्रो पारिमा १६५ रनमा सीमित भयो।

केशव महाराजले ह्याट्रिक विकेट लिएर वेस्ट इण्डिजको पारि धोस्त पारेका थिए। दक्षिण अफ्रिका वेस्ट इण्डिजलाई दोस्रो खेल १५८ रनले हराउन सफल भयो। र, दुई खेलको श्रृंखला २–० ले जित्यो। वेस्ट इण्डिजले आफ्नै घरेलु मैदानमा अपमानजनक हारको सामना गर्नु परेको थियो।

दक्षिण अफ्रीकाविरुद्ध पराजित भएपछि ब्रेथवेटले ब्याट्सम्यानको खराब प्रदर्शनको कारण खेल हारेको बताए। उनले प्रशंसकहरुलाई भने, ‘एक ब्याट्सम्यानको रूपमा मलाई थाहा छ के गलत भयो। हामीले राम्रो ब्याटिङ गर्न सकेनौं। हामी यसको लागि माफी चाहन्छौं।’

‘प्रशंसकहरू क्यारेबियन टीमले राम्रो प्रदर्शन गरेको चाहन्थे। तर, हामीले खराब प्रदर्शन गर्‍यो ।  दुर्भाग्यवस हामीले राम्रो खेल्न सकेनौं। मैले मेरो प्रदर्शन सुधार गर्नुपर्‍यो र टोलीले राम्रो प्रदर्शन गर्नु आवश्यक छ। ता कि प्रशंसकहरूले गर्व महसुस गर्न सकून्,’ उनले भने।

Loading...