पाकिस्तान टिमका ब्याटिङ कोचले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं- पाकिस्तान क्रिकेट टोलीका ब्याटिङ प्रशिक्षक युनिस खानले पदबाट राजीनामा दिएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँगको सहमतिपछि खानले ब्याटिङ प्रशिक्षकबाट राजीनामा दिएका हुन्।

गत वर्ष नोभेम्बरमा खान पाकिस्तानी टीमका ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए। उनले पाकिस्तान क्रिकेट बोर्डसँग दुई वर्षका लागि सहमति गरेका थिए। उनको कार्यकाल २०२२ मा हुने आईसीसी टी-२० विश्वकप सम्म रहेको थियो।

पीसीबीका प्रमुख कार्यकारी वसीम खानले जस्ता उत्कृष्ट र अनुभवी प्रशिक्षकको गुमाउनु पाकिस्तानका लागि दुखद भएको बताए। ‘बोडसँग लामो वार्तापछि खानले प्रशिक्षक पद छोडेका हुन,’ उनले भने।

‘छोटो अवधिमा खानले पाकिस्तान पुरुष राष्ट्रिय टोलीमा महत्वपूर्ण योगदान पु¥याएकोमा म उहाँप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आशा छ कि उनि उदाउँदो क्रिकेटरहरूलाई सहयोग गर्न सधैं पीसीबीमा उपलब्ध रहनेछन्,’ उनले भने।

उनले खानको राजीनामाबारे थप टिप्पणी गर्न अस्वीकार गरे। अब पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ प्रशिक्षक बिना युकेको भ्रमण गर्ने छ। र, वेस्टइण्डिज भ्रमणका लागि कोच नियुक्त गर्ने निर्णय भएपछि नयाँ प्रशिक्षक नियुक्त गर्नेछ।

पाकिस्तानी टीमले २५ जुनदेखि जुलाई २० सम्म इंग्ल्यान्डसँग तीन एकदिवसीय र तीन टी–२० खेल्नेछ।

जुलाई २१ देखि अगस्ट २४ सम्म वेष्ट इण्डिज भ्रमण गर्नेछ। वेष्ट इण्डिजमा पाकिस्तानी टीमले पाँच टी–२० र २ टेस्ट खेल खेल्नुपर्नेछ।

Loading...