न्यूजिल्याण्ड २४९ रनमा अलआउट, साउथीले बनाए नयाँ कीर्तिमान

काठमाडौं- इंग्ल्याण्डको साउथह्याम्टनमा जारी भारतसँगको विश्व टेष्ट च्याम्पियनशिप फाइनलको पहिलो पारीमा न्यूजिल्याण्ड २४९ रनका अलआउट भएको छ ।

उसका लागि डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

यो अवस्थामा न्यूजिल्याण्ड ३२ रनले अग्रता बनाएको छ ।

भारतीय टिमका महत्वपूर्ण बलर जसप्रीत बुमराह भने पहिलो पारीमा विकेटविहीन रहे । उनले २६ ओभरमा ९ मेडनसहित बिनाविकेट ५७ रन खर्चिए ।

पहिलो इनिङ्समा भारत २ सय १७ रनमा समेटिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो ।

उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले एक विकेट लिए ।

साउथीले बनाए कीर्तिमान

साउथीले पहिलो पारीमा सर्वाधिक छक्का हिर्काएका छन् । उनले पहिलो पारीमा दुई छक्का हिर्काउन सफल भए ।

च्याम्पियनशिप फाइनलको पहिलो पारीमा उनीबाहेक अन्यले दुई छक्का प्रहार गर्न सकेनन् ।

योसँगै साउथीले च्याम्पियनशिप फाइनलको पहिलो पारीमा सर्वाधिक छक्का हिर्काउने कीर्तिमानसमेत बनाएका छन् ।

यसका साथै टेष्टमा उनको नाममा छक्काको संख्या ७५ पुगेको छ ।

Loading...