विलियम्सनले रचे इतिहास, तोडे आफ्नै पूर्वकप्तानको रेकर्ड

काठमाडौं- न्यूजिल्याण्ड टिमका कप्तान केन विलियम्सनले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले न्यूजिल्याण्डका लागि टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यानको उपलब्धि हासिल गरेका हुन् ।

इंग्ल्याण्डको साउथह्याम्टनमा जारी भारतसँगको विश्व टेष्ट च्याम्पियनशिपको फाइनल म्याचको पहिलो पारीमा ४९ रन बनाएसँगै विलियम्सनले यो उपलब्धि हासिल गरे ।

योसँगै उनले आफ्नो टिमका पूर्वकप्तान स्टिफन फ्लेमिङलाई पछि पारेका छन् ।

विलियम्सनले आजसम्म न्यूजिल्याण्डका लागि ८५ टेष्ट म्याचको १ सय ४७ पारीमा ५३.५७ को औसतमा ७ हजार १७८ रन बनाएका छन् ।

जसमा उनको २४ शतक र ३२ अर्धशतक समावेश छ ।

न्यूजिल्याण्डका लागि टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी रस टेलर हुन् । उनले आजसम्म न्यूजिल्याण्डका लागि यो प्रारूपमा सर्वाधिक ७ हजार ५ सय १७ रन बनाएका छन् ।

त्यस्तै, न्यूजिल्याण्डका पूर्वकप्तान स्टिफनले टेष्ट क्रिकेटमा ७ हजार १ सय ७२ रन बनाएका थिए । उनले आफ्नो टेष्ट करियरमा ४६ अर्धशतक र ९ शतक बनाए ।

यो सूचीको चौथो स्थानमा पूर्वकप्तान ब्रेण्डन म्याक्लमको नाम आउँछ । उनले १०१ टेष्ट म्याचमा ३१ अर्धशतक र १२ शतकसहित ६ हजार ४५३ रन बनाए ।

टेष्टमा न्यूजिल्याण्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान :

Loading...