WTC फाइनल : अन्तिम दिनको खेलअघि यसो भन्छन् पन्त

काठमाडौं : टेष्ट च्याम्पियनशिपको अन्तिम दिन अघि भारतीय टीमका युवा विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले प्रतिक्रिया दिएका छन्। उनले गत बर्षभन्दा आफ्नो मानसिकता राम्रो भएको प्रतिक्रिया दिएका हुन्।

पन्तले आफ्नो आत्मविश्वासको स्तरमा वृद्धि भएको समेत बताए। विश्व टेस्ट च्याम्पियनशिप फाइनलको अन्तिम दिन अगाडि पन्तले आफ्नो मानसिकता राम्रो रहेको र डब्लूटीसीको दाैरान अझ राम्रो मानसिकता रहेका बताए।

‘मलाई लाग्छ म गत बर्ष भन्दा अहिले बढी विश्वस्त खेलाडी भएको छु। किनकि व्यक्तिगत रूपमा जब तपाईं घरेलु स्तरबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आउनुहुन्छ,’ आईसीसीसँग कुरा गर्दै उनले भने, ‘तब तपाईंलाई निश्चित रूपमा आफूलाई समायोजित गर्न केहि समय चाहिन्छ। अहिले म केवल मेरो मानसिकतामा काम गर्दैछु। मलाई लाग्छ मेरो मानसिकता राम्रो छ।’

Loading...