सस्तैमा आउट भएपछि विराटप्रति रिसाए समर्थक, कसले के भने ?

काठमाडौं : भारतले र न्यूजिल्यान्डबीचको वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेल चलिरहेको छ। न्यूजिल्यान्डविरुद्ध अहिले भारतले ब्याटिङ गरिरहेको छ।

फाइनल खेल अन्र्तगत ‘रिजर्व डे’ को खेल शुरू हुँदा भारतीय टीमका कप्तान विराट कोहली आउट भए। कोहलीलाई काइल जेमिसनले दोस्रो चोटी आउट गरे। उनले १३ रन मात्रै बनाउन सके।

कोहलीको प्रदर्शनलाई लिएर उनका फ्यानहरूले उनको आलोचना गरेका छन्। ‘रिजर्व डे’को खेल चलिरहँदा भारतले ६ विकेट गुमाएर १४७ रन बनाएको छ। भारतका लागि ओपनरद्धय रोहित शर्मा र शुभन गीलले ३३ र ८ रनको योगदान दिए।

८१ बल खेलेका शर्माले ३० रन बनाए। उनी टीम साउथीको बलमा आउट भए। ३० बल खेलेका गिलले ८ रन मात्रै बनाए। उनलाई पनि साउथीले आउट गरे। यस्तै चेतेस्वर पुजाराले ८० बलको सामना गर्दै १५ रन बनाए। उनलाई जेमिसनले आउट गरे।

कप्तान कोहलीले २९ बलको सामना गर्दै १३ रन बनाए। उनलाई पनि जेमिसनले आउट गरे। अजिंक्य रहाणेले ४० बलको सामना गरेर १५ रनको योगदान दिए। उनी ट्रेन्ट बोल्टको बलमा आउट भए। रविन्द्र जडेजाले ४९ बलको सामना गर्दै १६ रन बनाए।

उनलाई नील वाग्नरले आउट गरे। अहिले क्रिजमा ऋषभ पन्त र रविचन्द्रन अश्विन छन्। पन्त ३६ र अश्विन ३ रन बनाएर खेलिरहेका छन्।

 

 

 

Loading...