WTC फाइनल : भारतद्वारा न्यूजिल्याण्डलाई १३९ रनको लक्ष्य

काठमाडौं- इंग्ल्याण्डको साउथह्याम्टनमा जारी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारतले न्यूजिल्याण्डलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

अब न्यूजिल्याण्डले फाइनल जित्न ५५ ओभरमा १३९ रन बनाउनुपर्ने हुन्छ । दोस्रो इनिङ्समा भारत १ सय ७० रनमा अलआउट भयो ।

उसका लागि ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५/१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए ।

पहिलो इनिङ्समा भारत २ सय १७ रनमा अलआउट

पहिलो इनिङ्समा भारत २ सय १७ रनमा समेटिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो ।

उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चाररचार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले एक विकेट लिए ।

पहिलो पारीमा न्यूजिल्याण्ड २४९ रनका अलआउट

पहिलो पारीमा न्यूजिल्याण्ड २४९ रनमा अलआउट भयो । उसका लागि डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

भारतीय टिमका महत्वपूर्ण बलर जसप्रीत बुमराह भने पहिलो पारीमा विकेटविहीन रहे । उनले २६ ओभरमा ९ मेडनसहित बिनाविकेट ५७ रन खर्चिए ।

Loading...