जाँदाजाँदै वाटलिङले रचे इतिहास, तोडे धोनीको कीर्तिमान

काठमाडौं- न्यूजिल्याण्ड टेष्ट क्रिकेट टिमका विकेटकीपर बिजे वाटलिङले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले न्यूजिल्याण्डको तर्फबाट टेष्ट क्रिकेटमा विकेटकीपरको भूमिका निर्वाह गरेर सर्वाधिक क्याच पक्रिने कीर्तिमान बनाएका हुन् ।

भारतसँगको विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा पाँच ब्याट्सम्यानको क्याच पक्रिएसँगै वाटलिङले यो उपलब्धि हासिल गरे ।

हालसम्म उनले १२७ टेष्टमा २५७ क्याच पक्रिएका छन् ।

योसँगै वाटलिङले भारतीय टिमका पूर्वकप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीको कीर्तिमान पनि भंग गरेका छन् ।

धोनीले आफ्नो टेष्ट करियरमा १६६ इनिङ्समा २५६ क्याच पक्रिएका थिए ।

वाटलिङले टेष्ट च्याम्पियनशिप फाइनल खेलर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदै छन् । जाँदाजाँदै उनले धोनीको कीर्तिमान भंग गर्न पनि सफल भए ।

टेष्ट क्रिकेटमा सर्वाधिक क्याच पक्रिने विकेटकीपरको शीर्ष स्थानमा भने दक्षिण अफ्रिकाका मार्क बाउचरको नाम आउँछ ।

उनले आफ्नो टेष्ट करियरमा २८१ इनिङ्समा सर्वाधिक ५ सय ३२ ब्याट्सम्यानको क्याच पक्रिए ।

Loading...