WTC फाइनल जितेपछि यस्तो भन्छन् कप्तान विलियमसन

काठमाडौं- भारतलाई हराउँदै विश्व टेष्ट च्याम्पियनशिपको उपाधि जितेपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले प्रतिक्रिया दिएका छन् । उनले यो सुन्दर दृश्यलाई विशेष भन्दै सबैले यसलाई लामो समयसम्म याद गर्ने बताए ।

उनले भारतीय टीमलाई एक मजबुद टीमको रूपमा वर्णन गरे। विलियम्सनले न्यूजिल्याण्डको जितमा सबै खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले म्याच सकिएपछि प्रेस कन्फरेन्समा भने, ‘यो एक विशेष दिन हो। म विराट र भारतीय टीमलाई धन्यवाद दिन चाहन्छु। हाम्रो टीमले खेलेको खेल तारिफ योग्य थियो।’

पहिलो पहिलो पटक आफूहरूले उपाधि जितेको उनको भनाइ छ। खेल जिताउन २२ खेलाडीहरू सबै प्रशंसनीय रहेको उनले बताए। ‘यो लामो समयसम्म सम्झिने छौं। भारतीय पक्ष प्रत्येक परिस्थितिमा कत्तिको बलियो छ भन्ने कुरा पनि प्रमाणित भयो,’ उनले भने।

‘फाइनल एक सुन्दर खेल हो। ६ दिनसम्म कसले जित्छ भन्ने थाहा थिएन। र, म खुसी छु, किनकि हामीले खेल जित्यौं। यो पहिलो पारीमा जान पक्कै गाह्रो थियो। तल्लो अर्डरले अधिक स्वतन्त्रताका साथ खेले,’ किवी कप्तानले भने।

उनले रस टेलरको प्रशंसासमेत गरे। टेलरले जटिल परिस्थितिहरूमा पनि स्पष्ट, अनुभव र शान्तीका साथ खेलेको उनी बताउँछन्। न्यूजिल्याण्डले दोस्रो इनिङ्समा ४४ रनमा दोस्रो विकेट गुमाएपछि विलियम्सन र टेलरले राम्रो ब्याटिङ गरे ।

विलियम्सन र टेलरले उत्कृष्ट पारी खेल्दै न्यूजिल्याण्डलाई उपाधि दिलाए । पहिलो इनिङ्समा अर्धशतक बनाउन चुकेका उनी दोस्रो पारीमा भने ५२ रनमा अविजित रहे ।

टोलीलाई जित दिलाउन टेलरले टेलरले नटआउट ४७ रन बनाए । न्यूजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै टेष्ट च्याम्पियनशिपको उपाधि हात पारेको हो ।

Loading...