वानडेमा भारतलाई धेरै पटक हराउने तीन टिम

काठमाडौं- भारतीय क्रिकेट टिमेले सन् १९७४ मा इंग्ल्यान्डविरुद्ध पहिलो वानडे खेल खेलेको थियो। अहिलेसम्म भारतले ९ सय ९३ वानडे खेल खेलको छ।

जसमा भारतले ५१६ खेल जितेको छ भने ४ सय २७ खेलमा पराजित भएको छ।

९ सय ९३ खेलमा भारतले श्रीलंकाविरुद्ध सबैभन्दा बढी १ सय ५९ खेल खेलेको छ। श्रीलंकाकोविरुद्ध भारतले ९१ खेलमा जित हात पारेको छ।

यसबाहेक भारतले अष्ट्रेलिया, वेस्टइन्डिज, पाकिस्तान, न्यूजिल्याण्ड र इंग्ल्यान्डविरुद्ध एक सय बढी खेल खेलेको छ । यसैबीच, आज त्यस्ता तीन टोलीको बारेमा जानकारी दिँदैछौं, जसले भारतलाई धेरै पटक हराए :

अष्ट्रेलिया

भारतले अष्ट्रेलियाविरुद्ध अहिलेसम्म १ सय ४३ एकदिवसीय खेल खेलेको छ। जसमा भारतले ५३ खेल मात्र जितेको छ भने ८० खेलमा पराजित भएको छ। दुई टोलीले खेलेका १० खेल नतिजा बिहीन रहे।

अष्ट्रेलियाले भारतलाई सर्वाधिक वानडे खेलमा हराउने कीर्तिमान बनाएको छ। दुई टोलीबीच अन्तिम तीन म्याच वानडे श्रृंखला नोभेम्बर/डिसेम्बर २०२० मा खेलिएको थियो। जसमा अष्ट्रेलियाले भारतलाई २-१ ले हरायो।

पाकिस्तान

भारत र पाकिस्तानबीच हालसम्म १ सय ३२ खेल भएका छन्। जसमा भारतीय टीम ५५ खेलमा जित हात पारेको छ भने ७३ खेलमा पराजित भएको छ। दुवै टोलीबीच ४ खेल नतिजाविहीन रहे।

भारत र पाकिस्तानबीच अहिले धेरै खेल भएका छैनन्। तर, पाकिस्तानकविरुद्ध भारतको प्रदर्शन  केही वर्षमा राम्रो भएको छ।

दुई टोलीबीच अन्तिम खेल २०१९ वर्ल्ड कपमा भएको थियो। जसमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको थियो।

वेस्ट इण्डिज

भारतले अहिलेसम्म वेस्टइन्डिजविरुद्ध १ सय ३३ वानडे खेल खेलेको छ। जसमा ६४ खेलमा भारत बिजयी भएको छ भने ६३ खेलमा पराजित भएको छ। दुई टोलीबीच दुई खेल ‘टाई’ भएको छ। चार खेल नतिजाविहीन रहे।

विगत केही वर्षमा वेस्ट इण्डिजविरुद्ध भारतको प्रदर्शन राम्रो रहेको छ। र, पछिल्ला १८ खेलमा भारतले वेस्ट इण्डिजलाई १२ खेलमा हराएको छ।

दुई टोलीबीचको अन्तिम श्रृंखला २०१९ डिसेम्बरमा भएको थियो। जसमा भारतले वेस्ट इण्डिजलाई २–१ ले हरायो।

Loading...