पन्तको ब्याटिङप्रति सन्तुष्ट छन् विराट? दिए यस्तो प्रतिक्रिया

काठमाडौं : भारतीय टीमका कप्तान विराट कोहलीले वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनलमा विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन्।

पन्त न्यूजिल्यान्डविरुद्ध दुवै पारीमा गलत शट खेलेर आउट भएका थिए। यद्यपि विराटले टोलीले पन्तलाई पूर्ण समर्थन गर्ने र उनलाई उस्तै खेल खेल्ने अनुमति दिने बताएका छन्। पन्तले भारतको दोस्रो इनिङ्समा सर्वाधिक रन बनाएका थिए।

८८ बलको सामना गरेका उनले ४१ रन बनाएका थिए। उनले ठूलो शट खेल्ने प्रयासमा आफ्नो विकेट गुमाए। पन्तले अगाडि बढेर बल हिर्काउने कोसिस गरेका थिए। तर, बल ब्याटमा राम्रोसँग लागेन्। पन्तले महत्वपूर्ण क्षणमा आफ्नो विकेट गुमाए।

यद्यपि भारतीय कप्तान विराटले पन्तको स्वाभाविक खेल भएको र उनलाई सोही अनुसार खेल्न अनुमति दिइने बताए। भर्चुअल प्रेस सम्मेलनको बेला उनले भने, ‘जब पन्तले मौका पाउँछन् उनले आफ्नो तरिकाले खेल्छन्। तपाईं उनले गलत खेल्यो भन्दै हुनुहुन्छ। तर, यो सबै खेलमा हुन्छ।’

उनले पन्तलाई सकारात्मक र खेल्ने तरिका परिवर्तन गर्न नलगाउने बताए। विपक्षी टीमलाई दबाब दिन र रन स्कोर बढाउन यसरी खेल्नु आवश्यक रहेको उनी बताउँछन्। पन्तको खेल्ने तरिका प्राकृतिक भएकोले उनले सोहीअनुसार खेल्नुपर्ने विराटको भनाइ छ।

‘हामी पन्तको बारेमा धेरै चिन्तित छैनौं। यो उनीमा निर्भर छ। उनलाई गलत गलत शट खेलेको लाग्छ वा लाग्दैन्।उनको भारतीय टीममा लामो करियर छ। र, भविष्यमा उनले निरन्तर भारतीय टीमलाई जिताउन सक्छन्,’ उनले भने।

Loading...