एलेक्स टिममा फर्किने सम्भावना कति? यसो भन्छन् कप्तान मोर्गन

काठमाडौं- इंग्ल्याण्डका सीमित ओभर (वानडे र टी-२०) टिमका कप्तान इयोन मोर्गनले एलेक्स हेल्सको बारेमा प्रतिक्रिया दिएका छन् ।

उनले एलेक्सका लागि टिमको ढोका बन्द नभएको प्रतिक्रिया दिएका हुन् ।

मोर्गनले इंग्ल्याण्डसँग शीर्ष क्रममा धेरै ठूला खेलाडीहरू रहेकोले हेल्सको फिर्ताको लागि बाटो सजिलो नहुनेसमेत बताए।

श्रीलंकाविरुद्ध टी-२० सिरिज सुरु हुनुअघि प्रेस सम्मेलनमा मोर्गनलाई हेल्सको ‘कमब्याक’ सम्बन्धमा प्रश्नहरू सोधिएको थियो ।

जवाफमा मोर्गनले, ‘जब तपाई एलेक्सलाई देख्नुहुन्छ । उनी विश्वमा राम्रो प्रदर्शन गर्ने खेलाडीमा पर्छन्। उनी एकदम राम्रो खेलाडी हुन् । तर, यदि तपाईले हाम्रो टीमलाई हेर्नुभयो भने हामीसँग उत्कृष्ट खेलाडीहरू धेरै छन्। जति दिन तपाई टीमबाट टाढा रहनुहुन्छ । तपाईंको फिर्ता आउने सम्भावना त्यति कम हुन्छ ।’

मोर्गनकाअनुसार इंग्ल्यान्डको बेन्च स्ट्रेन्थ यस समयमा बलियो छ । र, टोलीमा स्थान बनाउनका लागि धेरै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

सन् २०१९ देखि टोली बाहिर

एलेक्स सन् २०१९ को मार्चदेखि इंग्ल्याण्ड टोली बाहिर रहेका छन्। प्रति’बन्धित लागू’पदार्थ सेवन गरेको पाइएपछि उनलाई को लागि प्रतिबन्धित थिए ।

उनीमाथि प्रति’बन्ध वर्ल्ड कपको ठीक अगाडि गरिएको थियो । र, त्यसबेलादेखि उनी टिममा फर्कन सकेका छैनन् ।

एलेक्सले इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टमा राम्रो प्रदर्शन गरिरहेका छन् । नाटिंघमशायरका लागि खेल्दै उनले ७ खेलमा २३४ रन बनाएका छन् ।

हेल्सले जारी सिजनमै अविजित ९४ रनको पारीसमेत खेलिसकेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गरिरहे पनि उनी टिममा अटाउन भने असफल भइरहेका छन् ।

३२ वर्षीय हेल्सले ७० वानडे, ६० टी-२० र ११ टेष्ट म्याच खेलिसकेका छन् । बढ्दो उमेरका कारण पनि इंग्ल्याण्डले पछिल्लो समय उनीप्रति चासो देखाएको छैन ।

Loading...