तीन लोकप्रिय क्रिकेटर : जसले खेल्दाखेल्दै प्राण त्यागे

काठमाडौं : क्रिकेटमा जित्ने/हार्ने क्रम जारी नै रहन्छ । जितले आफ्नो टोली र प्रशंसकहरू निकै खुसी भएका हुन्छन् भने त्यस्तै हार्ने टिमका खेलाडी र समर्थक पनि दुःखी भएका हुन्छन् ।

क्रिकेटमा दुःखको पहाड पनि खसिरहेको हुन्छ। जब एक खेलाडी मैदानमा क्रिकेट खेल्दाखैल्दै आफ्नो ज्यान गुमाउन पुग्छन् ।

कसैलाई थाहा हँदैनकी यो खेलाडीका लागि अन्तिमा दिन हो भनेर । मैदानमा खेलाडीलाई चोटपटक लाग्नु त सामान्य कुरा हो ।

तर धेरै खेलाडीहरू छन्, जसलाई मैदानमा चोटपटक लाग्यो र तिनीहरूले संसार छोडे। यी घटनाले समर्थकहरू निराश भएका हुन्छन् । यसैबीच, आज ती खेलाडीको बारेमा चर्चा गर्दछौँ, जसले मैदानमा क्रिकेट खेल्ने क्रममा आफ्नो प्राण त्याग गरे :

वसीम रजा

वसीम रजा पाकिस्तानी खेलाडी हुन् । उनले १९८० अर्थात ८० दशकमा पाकिस्तानको लागि क्रिकेट खेलेका थिए । पाकिस्तानका लागि ५७ टेष्ट खेलेका उनले २ हजार ८ सय २१ रन बनाएका छन् ।

सर्रेको लागि वानडे खेल खेल्दा उनलाई मैदानमा ‘हार्ट अट्याक’ भयो। त्यसपछि उनको निधन भयो। उनकी पत्नी एनी पनि एक महान क्रिकेटर थिइन्। रजा दुई छोराका बुवा थिए।

रमन लाम्बा
रमन लाम्बा भारतीय खेलाडी हुन्। उनको कलिलो उमेरमा निधन भयो। दिल्लीबाट खेल्ने लाम्बा बंगलादेशमा एक क्लव लीग खेलिरहेका थिए। सोही समयमा फिल्डिङ गरिरहेका उनको टाउकोमा बल लाग्यो।

तीन दिन कोमामा रहेको उनको चौथो दिन निधन भयो। १९९८ मा उनको उमेर ३८ वर्षको थियो। लाम्बाले भारतका लागि ३२ वानडे र चार टेस्ट खेलेका थिए। उनले पहिलो श्रेणी क्रिकेटमा ८ हजार भन्दा बढी रन बनाएका थिए।

फिलिप ह्यूज

फिलिप ह्यूज अष्ट्रेलियाली खेलाडी हुन्। उनको असामयिक निधनले क्रिकेट जगतलगायत विश्वका क्रिकेट प्रशंसकहरूलाई हल्लायो। शफील्ड शिल्ड खेलमा न्यु साउथ वेल्सका लागि खेल्दा उनको टाउकोमा बल लाग्यो।

बलबाट बच्न कडा परिश्रम गरेका उनको हेलमेटको पछाडि लागेको थियो। दिमागमा रगत जमेको उनको दुई दिन पछि सिड्नीको एक अस्पतालमा निधन भयो। उनको निधनले क्रिकेट जगतमा सबैलाई स्तब्ध बनाएको थियो।

फिलिप अष्ट्रेलियाका लागि डेब्यू म्याचमै शतक बनाउने पहिलो खेलाडी पनि हुन्। अष्ट्रेलियाका लागि २६ टेस्ट खेलेका उनले एक हजार पाँँच सय ३५ रन बनाएका छन् । त्यस्तै फिलिपले अष्ट्रेलियाका लागि २५ वानडे म्याचमा ८ सय २६ रन बनाएका छन् ।

Loading...