इंग्ल्याण्डसँग टेष्ट सिरिजअघि बीसीसीआईले गर्‍यो आश्चर्यजनक निर्णय

काठमाडौं- न्यूजिल्याण्डविरुद्धको विश्वकप टेष्ट च्याम्पियनशिपको फाइनलमा भारत पराजित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इंग्ल्यान्डसँगको टेष्ट सिरिजकाको लागि ठूलो निर्णय लिएको छ।

बीसीसीआईले इंग्ल्याण्ड बोर्डलाई टेष्ट श्रृंखला सुरु हुनुअघि भारतीय टीमको लागि वार्म–अप म्याच मिलाउन अनुरोध गरेको हो ।

बीसीसीआईले भारतीय टीमले अगस्टदेखि इंग्ल्यान्डविरुद्ध सुरु हुने टेस्ट सिरिजअघि केही अभ्यास गर्न चाहेकोले यस सम्बन्धमा ईसीबीलाई पत्र लेखेको हो।

च्याम्पियनशिपको फाइनलमा भारतीय टीमको हारको मुख्य कारण खेल अभ्यासको कमी पनि थियो। यही कारण भारतीय टीम वार्म-अप खेल खेलेपछि मात्र ठूलो श्रृंखला खेल्न चाहन्छ। इंग्ल्यान्डबिरुद्ध टेस्ट श्रृंखलाको सुरु हुन ६ हप्ता बाकीँ छ।

इन्डियन एक्सप्रेसकाअनुसार न्यूजिल्याण्डबिरुद्ध ८ विकेटले हारेपछि बोर्डले भारतीय टीम व्यवस्थापनसँग कुरा गरेको थियो र उनीहरू सबैले वार्म–अप खेलाउने निर्णय गरे।

इन्डियन एक्सप्रेससँग कुराकानीमा बीसीसीआइर्का कोषाध्यक्ष अरुण धुमालले भने, ‘जय शाहले वार्म–अप म्याचको सम्बन्धमा ईसीबीका मुख्य कार्यकारी अधिकारी टम ह्यारिसनसँग कुरा गर्ने छन्।’

उनका अनुसार बीसीसीआईले कम्तिमा दुई वार्म-अप म्याचका लागि अनुरोध गर्नेछ। ताकि खेलाडीहरू महत्वपूर्ण शृंखला भन्दा पहिले पर्याप्त म्याच अभ्यास गर्न सकून्। भारत विश्वकप च्याम्पियनशिपको फाइनलमा न्यूजिल्यान्डसँग पराजित भएको थियो ।

Loading...