सन्दीपलाई रिलिज गरेको टिमविरुद्ध स्टोक्सको टोली पराजित

काठमाडौं- इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टअन्तर्गत डरहमविरुद्ध वोर्स्टरशायर ८ विकेटले विजयी भएको छ ।

डरहमले दिएको १ सय ७९ रनको लक्ष्य वोर्स्टरशायरले १९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि जेक लिब्बीले अविजित ७८, ब्रेटडी ओलीविराले ६७ र कप्तान बेन वक्सले अविजित १७ रन बनाए ।

बलिङमा म्याट्छी पोट्सले दुई विकेट लिए । चर्चित अलराउन्डर बेन स्टोक्स भने वोर्स्टरशायरविरुद्ध महँगा सावित भए ।

उनले तीन ओभरमा बिनाविकेट ४० रन खर्चिए ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको डरहमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

उसका लागि डेभिड बेडिंगहमले ४४, कप्तान क्यामरन बेनक्राफ्टले २६, श्यान डिक्सनले २१, बेन स्टोक्सले २०, बेन राइनले १९, ब्रायडन कार्सले १५ र ग्राहम क्लार्कले १३ रन बनाए ।

बलिङमा चार्ली मोरिसले सर्वाधिक तीन विकेट लिए । जारी सिजनका लागि वोस्र्टरशायरमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि अनुबन्ध भएका थिए । तर, भिसा ढीला पाउँदा उनले यो यो सिजन गुमाए ।

सन्दीपको स्थानमा वोर्स्टरशायरले न्यूजिल्याण्डका इश सोढीलाई अनुबन्ध गरेको छ ।

जारी सिजनमा वोर्स्टरशायरले ८ म्याच खेल्दा तीन खेलमा जित हासिल गरेको छ । डरहमले ८ खेलमध्ये चारमा जित निकालेको छ ।

Loading...