ओली चम्किँदा जेमिसनको टिमको शानदार जित

काठमाडौं- इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टअन्तर्गत मिडिलसेक्सविरुद्ध सरे टिम ५ विकेटले विजयी भएको छ ।

मिडिलसेक्सले दिएको १७५ रनको लक्ष्य सरेले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओली पोपले उत्कृष्ट पारी खेले । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित अविजित ५२ रन बनाए ।

त्यस्तै, विल ज्याक्सले ४७, जिमी स्मिथले २७, जिमी ओभरटनले अविजित २४ र रोरी बन्सले १२ रन बनाए ।

बलिङमा ल्यूक होलम्यान, नाथन सोउटरले दुई/दुई र निक गबिन्सले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मिडिलसेक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

उसका लागि स्टिवी एस्कीनाजीले सर्वाधिक ६४ रन बनाए । बलिङमा गुस एटकिन्सनले सर्वाधिक चार विकेट लिए ।

केही दिनअघि इंग्ल्याण्डमै टेष्ट च्याम्वियनशिपको फाइनलमा भारतलाई हराएर न्यूजिल्याण्डलाई उपाधि दिलाउन अहम् भूमिका खेलेका काइल जेमिसनले भने गएराति सम्पन्न खेलमा विकेटविहीन रहे ।

उनले तीन ओभर बलिङ गर्दा बिनाविकेट २६ रन खर्चिए ।

Loading...