वेष्ट इण्डिजको बलियो टोली घोषणा, आन्द्रेसहित धेरै स्टार खेलाडीको ‘कमब्याक’

काठमाडौं- दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजको पहिलो दुई खेलका लागि वेष्ट इण्डिजले टोली घोषणा गरेको छ ।

वेष्ट इण्डिजले किरण पोलार्डको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।

वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको पहिलो टी-२० खेल जून २६ र दोस्रो खेल २७ जूनमा हुनेछ। यी दुवै खेल ग्रेनाडामा हुनेछन्।

अनुभवी अलराउन्डर आन्द्रे रसेल टिममा फर्किएका छन्। उनले २०१२ र २०१६ को टी-२० विश्वकप खेलेका थिए।

रसेलले आफ्नो टीमको लागि ४९ टी-२० खेल खेलेका छन्। गत वर्षको मार्चपछि उनी फेरि टोलीमा समावेश हुन सफल भए ।

File Photo

वेष्ट इण्डिज टीमका प्रमुख चयनकर्ता रोजर हार्परले रसेलको कमब्याकप्रति प्रतिक्रिया दिएका छन्। उनले भने, ‘रसेल टीममा एक्स फ्याक्टर हुनेछन्। उनले बलिङ र ब्याटिङ दुबैमा धेरै प्रभाव पार्न सक्छन्। टी–२० विश्वकप आउँदै छ । यसैले हामीले हाम्रो सर्वश्रेष्ठ टीम छनौट गर्न चाहन्छौं । उनीहरूलाई अधिकतम आत्मविश्वास दिन चाहन्छौं।’

वेस्ट इण्डिजको टी–२० टोली : लिन्डल सिमन्स, आन्द्रे फ्लेचर, क्रिस गेल, जेसन होल्डर, इविन लुइस, निकोलस पूरन (उपकप्तान), फाबियन आलेन, ड्वेन ब्राव्रो, किरोन पोलार्ड (कप्तान), फिदेल एडवर्ड्स, ओबेद म्याकोय, आन्द्रे रसेल र केविन सिन्क्लेयर।

Loading...