कप्तान पेनले न्यूजिल्याण्डका समर्थकसँग किन मागे माफी? यस्तो छ कारण

काठमाडौं- अष्ट्रेलियाका टेष्ट टिमका कप्तान टिम पेनले न्यूजिल्याण्डका फ्यानहरूसँग माफी मागेका छन् ।

भारतले वर्ल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा न्यूजिल्याण्डलाई हराउने भनेर प्रतिक्रिया दिएका पेनले न्यूजिल्यान्डले उपाधि जितेपछि फ्यानहरूसँग माफी मागेका हुन् ।

पेनले न्यूजिल्याण्ड रेडियो स्टेशन न्यूजटाक जेडबीसँग कुराकानी गर्दै न्यूजिल्याण्डका प्रशंसकहरूसँग माफी मागेका हुन् ।

उनले भनेका छन्, ‘म गलत साबित भए । त्यसैले मैले माफी माग्ने निर्णय गरे। न्यूजिल्यान्डले विश्व टेष्ट च्याम्पियन्सशिपको फाइनल म्याचमा मैल अपेक्षा गरेभन्न्दा राम्रो प्रदर्शन गरिरहेको थियो । सो प्रदर्शन देखेर म अचम्मित भएको थिए ।’

न्यूजिल्याण्ड हार्ने पेनको त्यो भविष्यवाणी

च्याम्पियनशिपको फाइनलअघि पेनले भारतीय टीमले सजिलै फाइनल जित्ने बताएका थिए।

एक अन्तर्वार्तामा उनलाई प्रश्न गरिएको थियो- डब्ल्यूटीसी फाइनलको विजेता हुने टिम को? सो प्रश्नको जवाफमा उनले सजिलैसँग भारतको नाम लिएका थिए ।

पेनले भारतीय टिमका प्रत्यक खेलाडीहरू जति सक्दो राम्रो खेल्ने र उनीहरू सजिलै खेल जित्ने बताएका थिए। तर, भारतीय टिमले सोचेजस्तो फाइनल म्याचमा प्रदर्शन गर्न सकेन ।

भारत वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा न्यूजिल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो ।

Loading...