टी-२० विश्वकपको मिति तय

काठमाडौं : यस वर्ष भारतमा आयोजना हुने भनिएको आईसीसी टी-२० विश्वकप क्रिकेट यूएईमा हुने भएको छ।

भारतमा दोस्रो लहरको कोरोना महामारीको जोखिम कायमै रहेकाले विश्वकप यूएईमा सरेको हो।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले औपचारिक रूपमा यसबारे केही बताएको छैन। तर, क्रिकेट वेबसाइट क्रिकइन्फोले विश्वकप युएईमा हुने पक्का भएको जनाएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान ‘बी’ अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताइएको छ।

विश्वकप अक्टोबर १७ देखि सुरु हुनेछ। इण्डियन प्रिमियर लिग (आईपीएल) सकिएको दुई दिन लगत्तै टी-२० विश्वकप सुरु हुने भएको छ।

कोरोनाको कारण आईपीएलको बाँकी खेलहरू यूएईमा हुँदैछन् । आईपीएलका बाँकी खेलहरू सेप्टेम्बर १९ देखि सुरु हुनेछन्।

आईपीएलको फाइनलमा म्याच १५ अक्टोबरमा खेलाइने छ । विश्वकपमा १६ टीमको सहभागीता रहनेछ।

आसन्न विश्वकपमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रीका, न्यूजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनीले विश्वकपमा सहभागिता जनाउँदै छन् ।

Loading...