तीन उत्कृष्ट टोली : जो भारतसँग वानडेमा धेरै पटक पराजित भए

काठमाडौं : भारतीय क्रिकेट टीमले सन् १९७४ मा इंग्ल्यान्डविरुद्ध पहिलो वानडे खेल खेलेको थियो ।

अहिलेसम्म भारतले ९ सय ९३ वानडे म्याच खेलिसकेको छ । जसमा भारत ५१६ खेल विजयी हुँदा ४ सय २७ खेलमा पराजित भएको छ।

९ खेल बराबरीमा सकिएको छ भने ४१ खेल नतिजाविहीन रहे । यी ९ सय ९३ खेलमा भारतले श्रीलंकाविरुद्ध सबैभन्दा बढी १ सय ५९ खेल खेलेको छ । श्रीलंकाविरुद्ध भारतले ९१ खेलमा जित हात पारेको छ।

यसबाहेक भारतले अष्ट्रेलिया, वेस्टइन्डिज, पाकिस्तान, न्यूजिल्याण्ड र इंग्ल्यान्डविरुद्ध एक सय बढी खेल खेलेको छ ।

भारतले अहिलेसम्म वानडेमा अष्ट्रेलिया, इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका, वेस्टइन्डिज र जिम्बावेलाई हराइसकेको छ।

आज हामी त्यस्ता तीन टोलीको बारेमा जानकारी दिँदैछौं, जसलाई भारतले धेरै पटक हरायो :

न्यूजिल्याण्ड

भारतले २०१ न्युजिल्यान्डविरुद्ध १ सय १० वानडे खेल खेलेको छ। जसमा भारत ५५ जित हात पारेको छ भने ४९ खेलमा पराजित भएको छ।

एक खेल टाई भएको छ। र, पाँच खेलमा कुनै नतिजा आएको छैन। पछिल्लो १० खेलमा भारतले न्यूजिल्यान्डलाई पाँच खेलमा पराजित गरेको छ।

भारत र न्यूजिल्यान्डबीचको पहिलो वानडे खेल १७५ मा भएको थियो। जसमा न्यूजिल्याण्डले भारतलाई चार विकेटले हरायो।पछिल्लो समय दुई टोलीले फेब्रुअरी २०२० मा तीन वानडे श्रृंखला खेलेको थियो। जसमा न्यूजिल्याण्डले भारतलाई ३-० ले हरायो।

दुबै टोलीबीच ४ खेल नतिजा बिहीन रहे। दुई टोलीबीचको पहिलो खेल १९७८ मा भएको थियो। जसमा भारत चार रनले विजयी भएको थियो। दुई टोलीबीच अन्तिम खेल २०१९ वर्ल्ड कपमा भएको थियो। जसमा भारतले पाकिस्तानलाई ८९ रनले हरायो।

वेस्ट इण्डिज

भारतले अहिलेसम्म वेस्टइन्डिजविरुद्ध १ सय ३३ वानडे खेल खेलेको छ। जसमा ६४ खेलमा भारत बिजयी भएको छ भने ६३ खेलमा पराजित भएको छ।

दुई टोलीबीच दुई खेल ‘टाई’ भएको छ। चार खेल नतिजाविहीन रहे। दुई टोलीबीचको पहिलो खेल १९७९ मा भएको थियो।

जसमा वेस्टइन्डिजले भारतलाई ९ विकेटले हराएको थियो। विगत केही वर्षमा वेस्ट इण्डिजविरुद्ध भारतको प्रदर्शन राम्रो रहेको छ। र, पछिल्ला १८ खेलमा भारतले वेस्ट इण्डिजलाई १२ खेलमा हराएको छ।

दुई टोलीबीचको अन्तिम श्रृंखला २०१९ डिसेम्बरमा भएको थियो। जसमा भारतले वेस्ट इण्डिजलाई २–१ ले हरायो।

श्रीलंका

भारतीय टीमले श्रीलंकाविरुद्ध सब भन्दा बढी १ सय ५९ खेल खेलेको छ। जसमा भारतले ९१ खेलमा जित हात पारेको छ भने ५६ खेलमा पराजित भएको छ।

दुई टोलीहरू बीचको एक खेल ‘टाई’ भएको छ भने, ११ खेल नतिजा बिहीन रहेका छन्। पछिल्ला १० खेलमा भारतले आठ पटक श्रीलंकालाई पराजित गरेको छ।

दुई टोलीबीचको पहिलो खेल १९७९ मा वर्ल्ड कपमा भएको थियो। जसमा श्रीलंकाले भारतलाई ४७ रनले हराएको थियो।

दुई टोलीबीचको अन्तिम खेल २०१९ वर्ल्ड कपमा भएको थियो। भारतीय टीमले श्रीलंकालाई ७ विकेटले हरायो।

Loading...