श्रीलंकाविरुद्ध इंग्ल्याण्डको फराकिलो जित, सिरिज ‘क्लिनस्विप’

काठमाडौं- श्रीलंकासँगको टी-२० सिरिज इंग्ल्याण्डले ‘क्लिनस्विप’ गरेको छ । तेस्रो तथा अन्तिम खेलमा आज श्रीलंकालाई ८९ रनले हराउँदै इंग्ल्याण्डले सिरिज ३-० ले सिरिज जितेको हो ।

तेस्रो खेलमा इंग्ल्याण्डले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

उसका लागि विनुरा फर्नान्डोले २०, ओशादा फर्नान्डोले १९, विकेटकीपर निरोशन डिकवेलाले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा डेविड बिलीले तीन, साम करनले दुई, लियाम लिभिङस्टोन, क्रिस जोर्डन, मोइनल अली र क्रिस वक्सले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो ।

उसका लागि ओपनरद्वय जोनी बेयरिस्टो र डेविड मलानले उत्कृष्ट पारी खेले ।

मलानले ४८ बलमा पाँच चौका र पाँच छक्कासहित ७६ र बेयरिस्टोले ४३ बलमा ५ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए ।

त्यस्तै, लियाम लिभिङस्टोनले १४, साम बिलिङ्सले कप्तान इयोन मोर्गन एक, मोइन अलीले सात, साम करनले ९ र क्रिस जोर्डनले अविजित ८ रनको योगदान दिए ।

बलिङमा दुश्मन्था चमेराले चार, विनुरा फर्नान्डो र इसुरा उडानाले एक/एक विकेट लिए ।

टी-२० पछि इंग्ल्याण्ड र श्रीलंकाले तीनै खेलकै वानडे सिरिज खेल्दै छन् । यी दुई टिमबीचको वानडे सिरिज २९ जुनदेखि सुरु हुनेछ ।

Loading...