लुईसले छक्काको वर्षा गर्दा द. अफ्रिकाविरुद्ध वेष्ट इण्डिजको फराकिलो जित

काठमाडौं : दक्षिण अफ्रीकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा वेस्ट इण्डिजले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली वेस्ट इण्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको हो।

द. अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इण्डिजले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागिका लागि इभिन लुईसले ७१ रनको शानदार इनिङ्स खेले। ३५ बल खेलेका लुईसले ७ छक्का र ४ चौका हिर्काए।

क्रिस गेलले २४ बलको सामना गर्दा तीन छक्का र एक चौकाको मद्दतमा अविजित ३२ रन जोडे ।

त्यस्तै, आन्द्रे फ्लेचरले ३० र आन्द्रे रसेलले १२ बलमा नटआउट २३ रन बनाए । आफ्नो पारीमा वेष्ट इण्डिजका ब्याट्सम्यानले कूल १५ छक्का र ९ चौका हिर्काए ।

बलिङमा तबरीज शम्सीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर व्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनायो ।

File Photo

उसका लागि रस्सीवानदर दुसेनले ३८ बलमा चार चौका र दुई छक्कासहित अविजित ५६ रनको पारी खेले ।

त्यस्तै, क्विन्टन डिककले ३७, कप्तान तेम्बा बावुमाले २३ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आफ्नो पारीमा द. अफ्रिकाका ब्याट्सम्यानले कूल ५ छक्का र १२ चौका प्रहार गरे ।

बलिङमा फावियन आलेन, ड्वेन ब्रावोले दुई/दुई, आन्द्रे रसेल र जेसन होल्डरले एक/एक विकेट लिए ।

योसँगै पाँच खेलको सिरिजमा वेष्ट इण्डिजले १-० को अग्रता बनाएको छ ।

यी दुई टोलीबीचको दोस्रो टी-२० म्याच आज हुँदैछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ ।

Loading...