WTC को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, केनसहित यी खेलाडीले पाए मौका

काठमाडौं- विश्व टेष्ट च्याम्पियनशिपको ‘डब्लूटीसी टिम अफ द टुर्नामेन्ट’ घोषणा भएको छ ।

च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोले ‘डब्लूटीसी टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको हो ।

टिममा न्यूजिल्याण्ड, भारत र अष्ट्रेलियाका तीन/तीन, श्रीलंका र इंग्ल्याण्डका एक/एक खेलाडी अटाउन सफल भएका छन् ।

टोलीमा उपाधि जितेको न्यूजिल्याण्डका कप्तान केन विलिम्यसन, टिम साउथी र काइल जेमिसनले मौका पाएका छन् ।

त्यस्तै, भारतको तर्फबाट रोहित शर्मा, रविचन्द्रन आश्विन र ऋषभ पन्तले ‘डब्लूटीसी टिम अफ द टुर्नामेन्ट’ मा अवसर पाएका छन् ।

अष्ट्रेलियाका मार्नस लाबुसेन, स्टिभ स्मिथ र प्याट कमिन्सले पनि टोलीमा समावेश भएका छन् ।

यस्तै, श्रीलंकाका दिमुथ करुणारत्ने र इंग्ल्याण्डका बेन स्टोक्सलाई पनि क्रिकइन्फोले टिममा चयन गरेको छ ।

यही २३ जुनमा सम्पन्न टेष्ट च्याम्पियनशिपको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले उपाधि जितेको थियो ।

यो प्रतियोगिता दुई वर्षसम्म चल्यो । पहिलो पटक भएको टेष्ट च्याम्पियनशिपमा ९ टिमले भाग लिएका थिए ।

कीकइन्फोले घोषणा गरेको डब्लूटीसी टिम अफ द टुर्नामेन्ट :

Loading...