नारायण टीममा फर्किने सम्भावना कति? यसो भन्छन् कप्तान पोलार्ड

काठमाडौं : वेस्ट इण्डिजका कप्तान किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटमा स्पिनर सुनील नारायणको फिर्तीप्रति प्रतिक्रिया दिएका छन्। पोलार्डले नारायण अझै टीममा फिर्ता हुन नसक्ने बताएका हुन्।

उनले नारायणले आफ्नो बलिङमा आत्मविश्वास पायो भने टीममा फर्केर आउने बताए। कोरोना भाइरसको कारण आईपीएल २०२१ बीचमा स्थगित गर्नुप¥यो। पोलार्डका अनुसार नारायण अझै पनि आफ्नो बलिङ एक्सनका लागि तयार भएका छैनन्।

उनले क्रिकइन्फोसँग विशेष कुराकानीमा भने, ‘नारायणले चयनकर्ताहरूलाई आफू आईपीएल पछि उपलब्ध हुने संकेत दिएका थिए। तर, आईपीएलबीचमा स्थगित गर्नुप¥यो। र, यस कारण उनले राम्रो तयारी गर्न सकेनन्। र, एक्सनको बारेमा आत्मविश्वास लिन सकेनन्। यसैले उनी अझै तयार छैनन्।’

सुनीलले दुई वर्षदेखि वेस्टइन्डिजको लागि क्रिकेट खेलेका छैनन्
नारायणले अन्तिम पटक २०१९ मा वेस्ट इण्डिजको लागि खेलेका थिए। यो वर्ष टी–२० विश्वकप आयोजना हुन गइरहेको छ। यस्तो अवस्थामा पोलार्ड सुनीललाई टीमका लागि पूर्ण रूपमा उपलब्ध भएको चाहान्छन्।

शनिबार ग्रेनेडामा खेलेको पहिलो टी–२० खेलमा वेस्ट इण्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ। पहिले खेल्दै दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६० रन बनायो। जवाफमा वेस्ट इण्डिजले १५ ओभरमा दुई विकेट गुमाएर सजिलै लक्ष्य हासिल गर्यो। इविन लुइसले ७१ रनको शानदार इनिङ्स खेले र उनी म्यान अफ द म्याच प्लेयर चुनिए।

Loading...