खेलाडीको सम्बन्धमा ठूलो निर्णय लिँदै बंगलादेश क्रिकेट बोर्ड

काठमाडौं : बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसनले खेलाडीको बारेमा प्रतिक्रिया दिएका छन्। उनले बंगलादेश बोर्डले यस वर्ष टी–२० विश्वकप पछाडि रोटेशन नीति अपनाउने बताएका हुन्।

बंगलादेशका खेलाडीहरू लगातार रोटेशन नीतिमा जोड दिइरहेका छन्। उनी भन्छन्, ‘बायो–बबल एकदम थकाउने छ र, यसै कारण लामो समयसम्म आफ्नो परिवारबाट टाढा रहनु पर्छ। यस कारणले रोटेशन नीति अपनाउनु पर्छ।’

उनी बोर्डले रोटेशन नीति कार्यान्वयन गर्न कुनै न कुनै मार्ग खोज्नुपर्ने बताउँछन्। नोभेम्बर–डिसेम्बरमा पाकिस्तान दुई टेस्ट र तीन टी–२० खेलको लागि बंगलादेशको भ्रमण गर्नेछ। यसपछि टीम न्यूजिल्याण्ड जानेछ र, पाकिस्तानसँगको सीरीज जत्तिकै खेल खेलनेछ।

बीसीबी प्रमुखले रोटेशन नीतिको सन्दर्भमा बोल्दै तीनै प्रारूपको क्रिकेटका लागि छुट्टै टोली पनि बनाउन सक्ने बताएका छन्।

‘विश्व कप पछि हामी रोटेशन नीति सुरु गर्नेछौं। हामी अहिल्यै त्यो गर्न सक्दैनौं र यदि हामीले ठूला लीगमा चुनौती दिनुप¥यो भने हामीले बिभिन्न ढाँचाहरूको लागि बिभिन्न टोलीहरू सिर्जना गर्नुपर्नेछ। टेस्ट र एकदिवसीय टोली समान हुन सक्दैन। ठूला टोलीसँग प्रत्येक ढाँचाको लागि बिभिन्न टीमहरू हुन्छन्,’ उनले भने, ‘उनीहरूले धेरै खेलाडीलाई आराम दिन सक्छन्। जहाँसम्म हाम्रो टीमको सवाल छ केही क्रिकेटरहरू सबै ढाँचामा खेल्दैछन्। तर, मलाई लाग्छ टी–२० वर्ल्ड कपपछि हामी बिभिन्न टीम बनाउन सक्दछौं किनभने हामीसँग अर्को विकल्प छैन।’

Loading...