कसरी खुसी हुने? रोहितले बताए तरिका

काठमाडौं : आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनलमा न्यूजिल्यान्डसँग पराजित भारतीय टीमका सबै खेलाडी र कोचिङ स्टाफ अहिले लन्डनमा छन्।

टोलीका सबै खेलाडीलाई २० दिनको लागि बायो बबलबाट मुक्त गरेर छुट्टी दिइएको छ।

रोहित शर्मा, विराट कोहली, अजिंक्य रहाणेलगायत सबै खेलाडी आफ्नो परिवारसहित इंग्ल्यान्डको विभिन्न स्थानमा छुट्टीको मजा लिइरहेका छन्।

यस दौरान भारतीय टीमका  ओपनर रोहितले पनि उनकी छोरी र अजिंक्य रहाणेकी छोरीको फोटो इन्स्टाग्राममा अपलोड गरेका छन्।

रोहित आफ्नी पत्नी रितिका सजदेह र छोरी समिरासँग युनाइटेड किण्डमस्थित लास्ट किण्डम पार्क गएका थिए ।

त्यहाँ उनी आफ्नी छोरीसँग धेरै रमाइलो गर्छन्। उनले आफ्नी छोरी समिरासँग सेयर गरेको फोटोमा शानदार क्याप्सन लेखेका छन्।

रोहितले ‘तपाईं खुसी हुन चाहनुहुन्छ भने एक बच्चाले कसरी तपाईंलाई सिकाउन सक्छ’ भन्दै क्याप्सन लेखेका छन्।

बच्चाहरूको साथ धेरै रमाईलो गरिरहेका रोहितको फोटोमा अजिंक्य रहाणेकी छोरी आर्य पनि देखिन्छिन्। वर्ल्ड टेस्ट च्याम्पियनशिप हारेपछि रोहित र टोलीलाई ठूलो चोट परेको छ।

उनीहरू खुसी हुन बच्चासँग रमाइलो गरिरहेका छन्। यसैले उनले क्याप्सनमा कसरी खुसी हुने भनेर भनेका छन्।

रोहितले पहिलो इनिङ्समा ३४ र दोस्रो इनिङ्समा न्यूजिल्यान्डविरुद्ध ३० रन बनाए। तर, टोलीको जितमा योगदान दिन सकेनन्।

अर्को तर्फ, अजिंक्य रहाणे पहिलो इनिङ्समा ४९ रन बनाएपनि दोस्रो पारीमा कनाउन सकेनन्। यी दुबै खेलाडीहरू अब जुलाई १४मा फेरि एक पटक टोलीमा सामेल हुनेछन्। जहाँ टोलीले इंग्ल्यान्डबिरुद्ध टेस्ट श्रृंखलाको तयारी सुरु गर्नेछ।

Loading...