१८ वर्षपछि पाकिस्तानको भ्रमण गर्दै न्यूजिल्याण्ड

काठमाडौं- न्यूजिल्याण्ड क्रिकेट, टी–२० क्रिकेट  टीम आईसीसी टी–२० विश्वकप अगाडि १८ वर्षपछि पाकिस्तान भ्रमणको गर्ने भएको छ।

न्यूजिल्याण्ड क्रिकेटका प्रमुख कार्यकारी डेभिड ह्वाइटका अनुसार न्यूजिल्यान्डले पाकिस्तान भ्रमण गर्न लागेको हो ।

ह्वाइटले एक विज्ञप्तिमा न्यूजिल्याण्ड बोर्डले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र पाकिस्तानी सरकारी एजेन्सीसँग सम्पर्कमा गरिरहेको बताएका छन्। ‘सबै ठीकठाक छ। हामी सुरक्षा व्यवस्थाबाट सन्तुष्ट भएपछि निश्चित रूपमा पाकिस्तान भ्रमण गर्नेछौँ,’ उनले भने।

अक्टोबर २०२१ मा हुने विश्वकपभन्दा पहिले पाकिस्तानले टी–२० सिरिजका लागि इंग्ल्यान्ड जाँदैछ ।

किवी टोलीसँग भारत भ्रमण गर्ने तालिका पनि रहेको छ। यसबाहेक न्यूजिल्यान्डले बंगलादेश र दक्षिण अफ्रीकाबिरुद्ध पनि खेल्नुपर्नेछ।

यस्तो अवस्थामा किवी टोलीको तालिका पनि धेरै व्यस्त छ। भर्खरै न्यूजिल्यान्डले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलमा भारतलाई हराएको थियो।

न्यूजिल्यान्डका कप्तान केन विलियमसन, ट्रेन्ट बोल्ट, जेम्स नीशम र लकी फर्ग्युसन टी-२० विश्वकप भन्दाअघि यूएईमा आईपीएल २०२१ को दोस्रो चरणमा खेल्ने छन्। 

Loading...