द. अफ्रिकासँग वेष्ट इण्डिज पराजित, चलेन अनुभवी खेलाडीको ब्याट

काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजसँगलाई १६ रनले हराएको छ ।

योसँगै पाँच खेलको सिरिज द. अफ्रिकाले एक-एकको बराबरी गरेको छ ।

गएराति भएको दोस्रो खेलमा द. अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

उसका लागि आन्द्रे फ्लेचरले ३०, फाबियन आलेनले ३५, इभन लुईसले २१, जेसन होल्डरले २० र डीजे ब्रावोले १० रन बनाए ।

क्रिस गेल (९), निकोलस पूरन (९), किरण पोलार्ड (१) र आन्द्रे रसेल (५) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कागिसो रबाडाले तीन, जर्ज लिन्डले दुई, तरबीज शम्सी, एनरिक नोर्टजे र लुंगी एनगिडीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

उसका लागि कप्तान तेम्बा बावुमाले ४६, रीजा हेन्ड्रिक्सले ४२, क्विन्टन डीकले २६, डेविड मिलरले ११ र हेनरिक क्लासेनले १० रन बनाए ।

बलिङमा ओबेद म्याक्योले तीन, केविन सिन्क्लेयरले दुई, आन्द्रे रसेल र जेसन होल्डरले एक/एक विकेट लिए ।

वेष्ट इण्डिज र द. अफ्रिकाबीचको तेस्रो टी-२० म्याच भोलि (मंगलबार) हुनेछ ।

Loading...