बाबर आजमले लेखे ‘ओपन लेटर’

काठमाडौं- पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले आफू र राष्ट्रिय टीमका प्रशंसकलाई खुला पत्र लेखेका छन्।

खुला पत्रमा उनले प्रशंसकलाई उनीहरूको खबरको बारेमा सोधेका छन् र निरन्तर समर्थनका लागि धन्यवाद दिएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेको छ। जसमा बाबर ल्यापटपमा खुल्ला पत्र लेखिरहेको देखिन्छ।

यसका साथै भिडियोमा पाकिस्तानका लाखौं फ्यानको झलक पनि देखाइएको छ।

 

इंग्ल्यान्डमा बसोबास गरिरहेका पाकिस्तानी फ्यानका सम्बन्धमा पनि पत्रमा विशेष उल्लेख गरिएको छ।

बाबरले पाकिस्तानी फ्यानलाई चिठीमा भनेका छन्, ‘प्रिय क्रिकेट प्रशंसकहरू, आशा छ तपाईं सबैले राम्रो गरिरहनु भएको छ। खेलाडी र प्रशंसकबीचको सम्बन्ध राम्रो छ। दुबै बिना केहि पनि छैन र यो सम्बन्ध दिनदिनै बलियो हुँदै गइरहेको छ।’

उनले पत्रमा पाकिस्तानी टीमका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा फ्यान भएको उल्लेख गरेका छन्।

‘जो सधैं हाम्रो लागि खडा हुनुहुन्छ। विजय र हारमा खुसी मनाउनु हाम्रो पहिचान हो,’ उनले पत्रमा लेखेका छन्।

बाबरले इंग्ल्यान्डमा बस्ने पाकिस्तानी प्रशंसकको बारेमा कुरा गर्दै भने इंग्ल्यान्डमा पाकिस्तानी फ्यानको कुरा फरक छ। उनी पाकिस्तानपछि इंग्ल्यान्डमा सबैभन्दा बढी समर्थन पाएको बताउँछन्।

बाबरले इंग्ल्यान्डमा फ्यानहरूले एयरपोर्टदेखि होटलसम्म र होटलदेखि ग्राउन्डसम्म समर्थन गर्ने गरेको बताए।

‘हामी शृखंला खेल्न इंग्ल्यान्डमा आइपुगेका छौं। र, हाल क्वारेन्टाइनमा छौं। तर, हामी सामजिक सञ्जालमार्फत् तपाइका निरन्तर सन्देशहरू प्राप्त गर्दैछौं। हाम्रो अन्तिम यात्रामा हामीले तपाईंलाई धेरै याद गर्‍यौँ। तर, यस पटक तपाईं मैदानमा उपस्थित हुनुहुन्न। र, अन्य फ्यानहरूले पनि टिभी र सोशल मिडियामार्फत हामीलाई समर्थन गर्छन्। हामी यहाँ विजयको भावना लिएर आउँदा हामी तपाईलाई निराश पार्ने छैनौं र हामी जित्नेछौं,’ बाबरले लेखेका छन् ।

Loading...