मेयर्स कपमा आर्मी भर्सेस एपीएफ [फोटो फिचर]

काठमाडौं- आजदेखि काठमाडौंमा सुरु भएको मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपीएफ क्लब एक विकेटले विजयी भएको छ ।

एपीएफको जितमा सुमित महर्जनले ६०, बसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शंकर रानाले ३३, आशिफ शेखले १२ र अविनाश बोहराले अविजित सात रनको योगदान दिए ।

बलिङमा विक्रम सोबले तीन, करण केसीले दुई, साहब आलम, लोकेश बम र सोमपाल कामीले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो ।

उसका लागि रोहित कुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७ र कुशल मल्लले ११ रन बनाए ।

बलिङबाट अविनाश बोहराले तीन, भुवन कार्की, अमरसिंह रौटेलाले दुईरदुई, बसन्त रेग्मी र कमलसिंह ऐरीले एक/एक विकेट हात पारे ।

तस्बिरमा आर्मी र एपीएफको म्याच :

तस्बिर : क्यान

 

 

Loading...