ब्यान्टनले खेले शतकीय पारी, गरे चौका/छक्काको वर्षा

 

काठमाडौं । इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टअन्तर्गत सोमरसेटविरुद्ध केन्टले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा सोमरसेटविरुद्ध केन्टले १० विकेटले जित निकालेको हो ।

सोमरसेटले दिएको १ सय ६९ रनको लक्ष्य केन्टले १५.४ ओभरमा विनाविकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि युवा ओपनिङ ब्याट्सम्यान टम ब्यान्टनले शतकीय पारी खेले । उनले ५१ बलमा आठ चौका र सात चौकाको मद्दतमा अविजित १ सय ७ रनको पारी खेलेका हुन् ।

त्यस्तै, अर्का ओपनिङ ब्याट्सम्यान डेभन कन्वेले ४४ बलमा ६ चौकाको मद्दतमा नटआउट ५१ रनको इनिङ्स खेले ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको सोमरसेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान ज्याक कर्लीले ३९, कप्तान डानियलबेल ड्रमन्डले २८, जो डेन्लीले ३६, एलेक्स ब्याक्सले १८ र जोर्डन कोक्सले नटआउट १६ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कप्तान लुइस ग्रेगोरीले आफ्नो टिमको लागि उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए ।

त्यस्तै, क्रेट ओभरटनले दुई, ज्याक बु्रक्स र म्राचेन्ट डे लेन्जले एक/एक विकेट हात पारे ।

साउथ ग्रुपमा रहेको केन्ट यो जितसँगै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हारको सामना गरेको छ ।

समरसेट थालिकाको पाँचौ नम्बरमा छ । उसले ८ म्याचमध्ये चारमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

समरसेटले दुई खेलमा भने वर्षा बाधक बन्दा अंक बाँडेको छ ।

Loading...