यी दुई लोकप्रिय भारतीय खेलाडी : जसले टी-२० मा सर्वाधिक ‘म्यान अफ द म्याच’ जिते

काठमाडौं- प्राय: सबैलाई टी-२० क्रिकेट धेरै मन पर्छ। यसमा फ्यानहरूले धेरै चौका र  छक्का हिर्काएको हेर्न चाहन्छन्।

त्यसैले टी–२० क्रिकेट सबैलाई मन पर्छ। आईपीएललगायत विश्वभर टी–२० लीगको परिचयले यो लोकप्रिय बनाएको छ।

पहिलो टी–२० वर्ल्ड कप २००७ मा खेलाइएको थियो। र, भारतीय टीमले उपाधि जितेको थियो। त्यसबेलादेखि टी–२० विश्वकप निरन्तर रूपमा आयोजना हुँदै आएको छ।

यस ढाँचाले धेरै सफलता प्राप्त गरेको छ। कुनै पनि टोलीको टुरमा टी–२० सीरीज निश्चित रूपमा आयोजना गरिएको छ।

आजकल मानिसहरू धेरै कम समयमा रोमाञ्चक खेल हेर्नको लागि आतुर हुन्छन्। टी–२० क्रिकेटको प्रगति भएपछि यसले स्टार खेलाडीहरू पनि पाएको छ।

धेरै खेलाडीहरूले यस फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेर म्यान अफ द म्याच पुरस्कार जितेका छन्। शाहिद अफरीदी,  ड्वेन ब्राभो र ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरू टी–२० का ‘मास्टर’ मानिन्छन्। यसमा भारतीय खेलाडी पनि कम छैनन्।

यस ढाँचामा भारतीय खेलाडीहरूको प्रदर्शन असाधारण भएको छ। खास गरी ब्याट्सम्यानले राम्रो खेल देखाउने गरेका छन्। आज हामी दुई भारतीय खेलाडीको बारेमा जानकारी दिँदैछौं, जसले टी–२० मा धेरै पटक म्यान अफ द म्याच जितेका छन् :

रोहित शर्मा

रोहित शर्मा भारतीय टीमका एक जबरदस्त ओपनर हुन्। अहिलेसम्म उनले टी–२० क्रिकेटमा भारतलाई धेरै खेल जिताएका छन्। टी–२० मा धेरै शतक पनि बनाएका छन्।

शर्मा २००७ को टी–२० विश्वकप भारतीय टीमको हिस्सा थिए। उनले अहिलेसम्म टी–२० मा एक सय ११ खेल खेलेका छन्।

यस अवधिमा उनले १३९ को  स्ट्राइक रेटमा २८६४ रन बनाएका छन्। उनले आफ्नो टी–२० करियरमा कूल ४ शतक बनाएका छन।  यसले पनि उनी टी–२० मा कति उत्कृष्ट खेलाडी हुन् भन्ने कुरा प्रष्ट पार्छ।

शर्माले आफ्नो टी–२० करियरमा म्यान अफ द म्याच पुरस्कार १० पटक जितेका छन्।

विराट कोहली

भारतीय कप्तान विराट कोहली तीनै प्रारूपको क्रिकेटमा विशेषज्ञ मानिन्छन्। हाल क्रिकेटमा कोहलीजस्तो ब्याट्सम्यान सायद कोही छैनन्।

उनीसँ तीनै ढाँचामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता छ।

भारतीय कप्तान कोहलीले ९० टी–२० अन्तर्राष्ट्रियमा ५२.६५ को औसत र १३९.०४ को स्ट्राइक रेटमा ३१५९ रन बनाएका छन्। कोहलीले टी–२० क्रिकेटमा धेरै कीर्तिमान बनाएका छन्।

कोहली टी–२० करियरमा भारतका लागि सर्वाधिक १२ पटक म्यान अफ द म्याच जितेका छन्।

विश्व क्रिकेटमा उनको अगाडि केवल मोहम्मद नाबी छन्। नबीले १३ पटक म्यान अफ द म्याच जितेका छन्।

Loading...