साथी खेलाडीबारे रसेलको खुलासा : वेष्ट इण्डिजका यी खेलाडी मजाक गरे पनि रुन्छन्

काठमाडौं- वेष्ट इण्डिज क्रिकेटले आधिकारिक यूट्यूब च्यानलमा एक हास्यास्पद भिडियो सेयर गरेको छ।

जसमा स्टार लराउन्डर आन्द्रे रसेलले आफ्नो टीमका साथीको बारेमा हास्यास्पद खुलासा गरेका छन्।

रसेल हाल ग्रेनेडामा दक्षिण अफ्रीकाविरुद्ध भइरहेको पाँच टी-२० अन्तर्राष्ट्रिय सिरिजको लागि  वेष्ट इण्डिज टीमको हिस्सा छन्।

दुई खेल समाप्त हुँदा दुबै टीम १-१ को बराबरीमा छन्।

वेष्ट इण्डिजले पहिलो शृखंलाको पहिलो खेल ८ विकेटले जितेको थियो भने  दोस्रो खेल १६ रनले गुमायो। वेस्ट इण्डिज क्रिकेटले एक रमाईलो भिडियो सेयर गरेको छ।

File Photo

जसमा रसेलले आफ्ना टीमका साथीको बारेमा कुरा गर्छन्। भिडियोमा रसेलले कप्तानदेखि युवासम्मका वेस्ट इण्डिजका साथीका बारेमा बताएका छन्।

कप्तान किरण पोलार्डको बारेमा कुरा गर्दै रसलले धेरै गम्भीर आक्रामक मान्छे भएको तर, साथमा रहँदा रमाइलो हुने बताए।

रसेलले निकोलस पूरन सधैं बोल्ने तर, नयाँ कुरा सिक्न उत्सुक रहने गरेको बताए।

File Photo

फेबियन एलेन रमाइलो कुराकानी गर्न मन पराउँने र, सधैं मानिसको बारेमा कुराकानी गरिरहने बताउँछन् उनी। रसेलले अनुभवी अलराउन्डर ड्वेन ब्राभो सधैं नै नाच्न, गीत गाउन मन पराउने बताए।

उनले ब्राभोसँग हुँदा धेरै रमाईलो हुने बताए।

यस बाहेक रसेलले आन्द्रे फ्लेचरको बारेमा मजाक गरेका छन्।

‘फ्लेचर जहिले पनि कुरा गर्दछन्। टिम सदस्यमा सधै दबाब दिन्छन्। र, जब तपाईं उनको खिल्ली उडाउनुहुन्छ भने उनी रून्छन्,’ उनले भने।

३३ वर्षीय अलराउन्डर क्रिस गेललाई टीम म्यानको रूपमा वर्णन गरे।

‘जसबाट तपाई धेरै सिक्न सक्नुहुन्छ,’ उनले भने, ’इविन लुइस धेरै छिटो कुरा गर्दछन्। उनले के भनिरहेछन् म सायद बुझ्न सक्दिनँ। म सधैं सोध्छु कि तपाईंले आफ्नो कुरा दोहोर्‍याउनुहुन्छ। तर उनी असल मान्छे हुन्।’

Loading...