श्रीलंकाद्वारा इंग्ल्याण्डलाई सामान्य लक्ष्य, दुई ब्याट्सम्यानको अर्धशतक

काठमाडौं- इंग्ल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली श्रीलंका १ सय ८५ रनमै समेटिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमै समेटिएको हो ।

उसका लागि कप्तान कुशल परेरा र अलराउन्डर वानिन्दु हसरंगाले अर्धशतकीय पारी खेले । परेराले ८१ ब्लमा सात चौकासहित ७३ र हसरंगाले ६५ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५४ रन बनाए ।

परेरा र हसरंगाबीच १२४ बलमा ९९ रनको साझेदारी बन्यो । हसरंगा र परेरा आउट भएपछि भने श्रीलंकाका कुनै पनि ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् ।

श्रीलंकाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रिस वोक्सले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर चार विकेट लिए ।

त्यस्तै, डेविड बिलिले तीन र मोइन अलीले एक विकेट लिए ।

तीन खेलको टी-२० सिरिज सकाएर इंग्ल्याण्ड र श्रीलंका तीन खेलकै एकदिवसीय सिरिज खेल्न लागेका हुन् । टी-२० सिरिज इंग्ल्याण्डले ३-० ले ‘क्लिनस्विप’ गरेको थियो ।

Loading...