‘विराटलाई हटाएर रोहितलाई टी-२० टिमको कप्तान बनाउनुपर्छ’

काठमाडौं : अहिले भारतीय क्रिकेटमा कप्तान परिवर्तनको कुरा चर्चाकाे  शिखरमा छ।

वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतीय टीम न्यूजिल्यान्डसँग पराजित भएपछि भारतीय टीमको कप्तान परिवर्तन गर्नुपर्ने कुरा उठेको हो।

अहिले तीनै प्रारूपको क्रिकेटको कप्तानी विराट कोहलीले सम्हालिरहेका छन्। डब्लूटीसी फाइनल हारेपछि भने कोहलीको कप्तानीमा एकपटक फेरि प्रश्न उठेका छन्।

इंग्ल्यान्डका पूर्वस्पिनर मोन्टी पनेसारले विराटले टी-२० क्रिकेटमा भारतीय टीमको कप्तानी रोहित शर्मालाई सुम्पिनु पर्ने बताएका छन्।

पानेसरले भने, ‘म विश्वास गर्दछु, टी-२० को कप्तानी रोहितलाई दिनुपर्छ। उनले मुम्बई इन्डियन्सका लागि अद्भुत काम गरेका छन्। विराट दबाबमा छन् किनकि यदि उनको टोलीले इंग्ल्यान्डविरुद्धको टेस्ट सीरीजमा राम्रो प्रदर्शन गर्न सकेन्। र, आईसीसी टी–२० विश्वकप २०२१ जित्न नसकेमा के हुन सक्छ भनेर तपाईं सम्झन सक्नुहुन्छ।’

रोहितले आईपीएलमा सबैभन्दा धेरै पटक टीमलाई उपाधि जिताएका छन्। २०१३ मा रोहितले पहिलो पटक मुम्बई इन्डियन्सको कप्तानी सम्हालेका थिए।

त्यस्तै अन्तर्राष्ट्रिय करियरमा रोहितले १० वानडे खेलको नेतृत्व गर्दा ८ मा जित दिलाएका छन् भने १९  टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ खेल जिताएका छन्।

Loading...