श्रीलंकासँग वेष्ट इण्डिज पराजित, थरंगा र दिलशानको उत्कृष्ट ब्याटिङ

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड सिरिजमा श्रीलंका लेजेन्ड्सले वेष्ट इण्डिज लेजेन्ड्सलाई ५ विकेटले हराएको छ ।

गएराति भएको खेलमा वेष्ट इण्डिजले दिएको १ सय ५८ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि उपल थरंगाले अर्धशकतीय पारी खेले । उनले ३५ बलमा ८ चौकासहित अविजित ५३ रन बनाए ।

त्यस्तै, कप्तान तिलकरत्ने दिलशानले ४७, चमारा सिल्वाले २२, सनथ जयसूर्याले १२, चिन्थाक जयसिंघे सात र रसेल अर्नोल्डले अविजित पाँच रनको योगदान दिए ।

बलिङमा टिनो बिस्टे र सुलिमान बेनले सर्वाधिक दुई/दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि कप्तान ब्रायन लारा र ड्वेन स्मिथले उत्कृष्ट ब्याटिङ गरे । लाराले ४८ बलमा ८ चौकासहित अविजित ५३ रन बनाए ।

त्यस्तै, स्मिथले २३ बलमा तीन छक्का र चार चौकासहित २७ बलमा ४० रनको पारी खेले । विलियम पर्किन्सले १९, टिनो बेस्टले नटआउट १८, महेन्द्र नागामोतूले ९ र नरसिंह देवनाराइनले दुई रनको योगदान दिए ।

बलिङमा तिलकरत्ने दिलशान र चिन्थाक जयसिंघेले एकरएक विकेट लिए । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पाँचौ खेलमा बंगलादेशविरुद्ध भारत लेजेन्ड्स १० विकेटले विजयी भएको थियो ।

यो सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेबाट संन्यास लिइसकेका खेलाडीले खेलिरहेका छन् । सिरिजमा यो पटक ६ टिमले भाग लिएका छन् ।

Loading...