रुटले टी-२० विश्वकप खेल्ने सम्भावना कति? यसो भन्छन् कप्तान मोर्गन

काठमाडौं- इंग्ल्यान्डका सीमित ओभर (टी-२० र वानडे) टीमका कप्तान इयोन मोर्गनले टी-२० विश्वकपमा जो रुटको सहभागिताको बारेमा प्रतिक्रिया दिएका छन्।

उनले रुटलाई टी-२० विश्वकपको लागि टिममा समावेश गर्न सकिने संकेत गरेका हुन्।

मोर्गनकाअनुसार रुटले इंग्ल्यान्ड टीममा उही भूमिका खेल्न सक्छन्, जुन उनले २०१६ को विश्वकपमा खेलेका थिए।

रुट २०१६ मा टी-२० विश्वकपको बेला इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले १४६.७७ को जबरदस्त स्ट्राइक रेटमा २७३ रन बनाए। अन्तिम खेलमा पनि उनले टिमका लागि ३६ बलमा ५४ रन बनाए। यद्यपि टोलीले अन्तमा हारको सामना गर्नुपर्‍यो।

रुटबारे के भन्छन् मोर्गन?

मोर्गनले श्रीलंकाविरुद्ध पहिलो वानडे खेलपछि रुटको बारेमा प्रतिक्रिया दिएका हुन्।

‘मलाई लाग्छ अहिले टीममा छनोटका लागि धेरै खेलाडी प्रतिष्पर्धामा छन्। त्यसमा रुटलाई वेवास्ता गर्न सकिँदैन,’ उनले भने, ‘सन् २०१६ को टी-२० विश्वकपमा उनले रन बनाउने तरिका र उनले खेलेको भूमिकाले टीम फाइनलमा पुगेको थियो। अन्तिम खेलमा पनि उनले उत्कृष्ट पारी खेलेका थिए।’

रुटले श्रीलंकाविरुद्धको पहिलो वानडे खेलमा उत्कृष्ट पारी खेल्दै टिमलाई जित दिलाए ।

उनले इंग्ल्यान्डका लागि नटआउट ७९ रनको पारी खेले।

इंग्ल्यान्ड एक समय ८० रन बनाएर ४ विकेट गुमाउँदै समस्यामा परेको थियो। तर, उनले पारी सम्हाले । र, टिमलाई जित दिलाए।

Loading...