विलियम्सन र वार्नर एकै मोटरसाइकलमा, राशिदले गरे ‘रोचक’ कमेन्ट !

काठमाडौं : अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले सोशल मीडियामा एक फ्यानले बनाएको एउटा हास्यास्पद फोटो सेयर गरेका छन्। जसमा उनी र केन विलियमसनसँगै बाइक चलाइरहेका छन्।

यो फोटो फिल्मबाट लिइएको हो। तर, अनुहार दुबै क्रिकेटरको राखिएको छ।

फोटोमा विलियम्सन र वार्नर हेलमेटबिना बाइक चलाइरहेको देखिएको छ। स्टार लेग स्पिनर राशीद खानले गाडी चलाउँदा सुरक्षा उपाय अपनाउनु पर्ने भन्दै कमेन्ट गरेका छन्।

वार्नरले इन्स्टाग्राम फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यस फोटोले मलाई धेरै हँसायो। हामीसँग धेरै समर्थक छन्। फोटो र भिडियो पठाउनुभएकोमा तपाईंलाई धन्यवाद। धेरै धेरै माया।’

यसमा राशीद खानले ‘हेलमेट साथीहरू’ भन्दै जवाफ दिएका छन्।

विलियम्सन, वार्नर र राशीद तीनै आईपीएलमा सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्छन्। आईपीएल २०२१ मा सनराइजर्स हैदराबादको प्रदर्शन एकदम खराब थियो।

टोलीले पहिलो सात खेलमा मात्र जित हात पार्यो। वार्नरले एसआरएचका कप्तानको रूपमा सिजन सुरु गरे।

तर, मध्य सत्रमा बर्खास्त गरियो र विलियमसनलाई नयाँ कप्तान नियुक्त गरियो।

आईपीएल २०२१ को दोस्रो चरणमा न्यूजिल्यान्डका कप्तानले टीमको भाग्य बदल्ने अपेक्षा गरिएको छ। आईपीएल २०२१ को दोस्रो चरण युएईमा सेप्टेम्बर–अक्टोबरमा हुनेछ।

Loading...