दोस्रो म्याचमा पनि भारतको फराकिलो हार, एक खेल अगावै इंग्ल्याण्डले जित्यो सिरिज

काठमाडौं- भारतसँगको एकदिवसीय महिला सिरिज इंग्ल्याण्डले एक खेल अगावै जितेको छ ।

गएराति भएको दोस्रो म्याचमा भारतलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले तीन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको हो ।

दोस्रो म्याचमा भारतले दिएको २ सय २२ रनको लक्ष्य इंग्ल्याण्डले ४७.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि सोफिया डन्क्लेले अविजित ७३, लरेन विनफील्ड-हिलले ४२, क्याथरिन ब्रन्टले अविजित ३३, एमी जोन्सले १९, टमी बीउमन्ट र कप्तान हीदर नाइटले १०-१० रन बनाइन् ।

बलिङमा पूनम यादवले दुई, स्नेह राणा, झुलन गोस्वामी र शिखा पाण्डले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनायो ।

उसका लागि कप्तान मिताली राजले ५९, सफली वर्माले ४४, स्मृति बन्धानाले १२, हरमीनप्रीत कौर, झुलन गोस्वामीले १९-१९ र पूनम यादवले १० रन बनाइन् ।

बलिङमा केट क्रसले ५, सोफी एक्लेस्टोनले तीन र नेट साइवरले एक विकेट लिए । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो ।

भारत-इंग्ल्याण्डबीचको अन्तिम तथा तेस्रो वानडे म्याच शनिबार हुनेछ ।

Loading...