भारतसँग टेष्ट सिरिज खेल्नुअघि यस्तो भन्छन् जो रुट

काठमाडौं- इंग्ल्याण्ड टिमका कप्तान जो रूटले भारतविरुद्ध टेष्ट श्रृंखला खेल्नुअघि प्रतिक्रिया दिएका छन्।

उनले भारतविरुद्धको ५ टेस्ट सिरिज खेल्न इंग्ल्यान्डले रोटेशन नीतिलाई नपछ्याउने र उत्कृष्ट टीमको छनोट गर्ने बताएका हुन्।

इंग्ल्यान्ड घरेलु टेस्ट श्रृंखलामा भर्खरै न्यूजिल्यान्डसँग १–० ले पराजित भएको थियो। यद्यपि, धेरै खेलाडीहरूलाई रोटेशन नीतिअन्तर्गत विश्राम दिइएको थियो।

प्रमुख खेलाडी बेन स्टोक्स, जोस बटलर, जोनी बेयरिस्टो, क्रिस वोक्स र मोइन अलीजस्ता अनभुवी खेलाडी न्यूजिल्यान्डसँगको सिरिजमा टिममा समावेश थिएनन् ।

File Photo

यी खेलाडी आईपीएल खेलेपछि आराम गरिरहेका थिए।

भारतपछि इंग्ल्यान्डले पनि एशेज शृंखलामा भाग लिनुपर्नेछ। रुटले उत्कृष्ट टोली मैदानमा उतार्ने प्रयास भइरहेको बताए।

द इण्डिपेन्डन्टको समाचारका अनुसार रूटले भने, ‘हामी अब यस्तो अवधिमा प्रवेश गरेका छाै‌। जहाँ बाँकी र रोटेशन नीति पछाडि छोडियो। कोरोना भाइरस र यति धेरै क्रिकेटको कारण हामीले बिभिन्न ढाँचा र विभिन्न टोलीका लागि धेरै चीजहरू प्रबन्ध गर्नुपर्नेछ।’

‘हामीले १० कडा टेस्ट खेल्नु पर्नेछ। सबैको लागि राम्रो क्रिकेट खेल्ने यो ठूलो अवसर हो। यदि सबै खेलाडी फिट र उपलब्ध छन् भने हामी एक उत्कृष्ट टोली हुनेछौं। अर्को ५ टेस्ट खेलको समयमा म मेरो सब भन्दा शक्तिशाली टीम खेलाउने प्रयास गर्नेछु,’ उनले थपे।

भारत र इंग्ल्याण्डबीचको पाँच खेलको टेष्ट सिरिज ४ अगस्टदेखि सुरु हुनेछ।

Loading...