यी तीन चर्चित ब्याट्सम्यान : जसले कप्तानको रूपमा सर्वाधिक ठूलो पारी खेले

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको ठूलो जिम्मेवारी हुन्छ। उनले टोलीमा दोहोरो भूमिका  खेल्नुपर्छ।

कप्तानको रूपमा मैदानमा योजनाहरू कार्यान्वयन गर्नुका साथै उनीसँग एक खेलाडीको रूपमा व्यक्तिगत प्रदर्शन गर्ने जिम्मेवारी पनि हुन्छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अधिकांश ब्याट्सम्यान कप्तानको रूपमा देखिएका छन्। कमै बलरहरूले टोलीको कमान्डिङ पाउँछन्। भारतीय टिममा ब्याट्म्यान नै कप्तान छन्।

कप्तानी पारी खेल्दै टिमलाई जित्नुभन्दा राम्रो अरू केही हुँदैन।

धेरै अवसरमा कप्तानहरूले पनि आफ्नो टिमलाई संकटबाट निकाल्ने काम गरेका छन्।

महेन्द्रसिंह धोनीको नाम ती कप्तानहरूको शीर्षमा लिन सकिन्छ। उनले टिमका लागि राम्रो काम गरेका छन्।

धेरै खेलहरूमा फिनिशरको भूमिका खेल्दै टिमलाई जिताएका छन्। यसैबीच, आज हामी एकदिवसीयको एक पारीमा सबैभन्दा बढी रन बनाउने तीन ब्याट्सम्यानरकप्तानको बारेमा चर्चा गर्दैछौँः

सनथ जयसूर्या

श्रीलंकाका विस्फोटक ब्याट्सम्यानले कप्तानको रूपमा खेल्ने क्रममा भारतविद्ध सबैभन्दा बढी एकदिवसीयक करियरमा स्कोर बनाएका छन्।

सन् २००० मा जयसूर्याले भारतविरुद्ध १८९ रनको पारी खेलेका थिए। यसक्रममा उनले १६१ बलको सामना गरेका थिए। कप्तानीको रूपमा उनले खेलेको यो ठूलो पारी हो।

रोहित शर्मा

रोहित शर्मा भारतीय टिमका उपकप्तान हुन्।

विराटको अनुपस्थितिमा उनले भारतीय टिमको कप्तानी गर्दै आइरहेका छन्। कप्तानको रूपमा खेल्दै रोहितले २०१७ मा श्रीलंकाविरुद्ध शानदार ब्याटिङ गरेका थिए।

चन्डिगढमा कप्तानको रूपमा शर्माले १५३ बलमा अविजित २०८ रनको उत्कृष्ट पारी खेलेका थिए। भारतीय टिमले यो खेलमा १४१ रनले विजयी भएको थियो।

 वीरेन्द्र सहवाग

भारतीय ब्याट्सम्यान सहवागले आफ्नो ब्याटिङ शैलीबाट सबैको मन जितेका छन्।

सहवागले वेष्ट इण्डिजविरुद्ध १४९ बलमा २१९ रनको ठूलो पारी खेलेका थिए। उनी यो खेलमा भारतीय टिमका कप्तान थिए।

भारत भ्रमण गरिरहेको वेष्ट इण्डिजलाई यस खेलमा १५३ रनको विशाल अन्तरले हराएको थियो। कप्तानको रूपमा यो एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर हो।

Loading...