विलियम्सनले बताए WTC को उपाधि जितेपछि कोहलीसँग अँगालो हाल्नुको कारण

काठमाडौं- विश्व टेस्ट च्याम्पियनशिपको फाइनल जितेको एक हप्तापछि न्यूजिल्यान्डका कप्तान केन विलियमसनले भारतीय कप्तान विराट कोहलीलाई अँगालो हाल्नुको कारण खुलाएका छन्।

केन र विराटबीचको मित्रता धेरै पुरानो हो। यी दुई बीचको सम्बन्ध धेरै गहिरो छ । र तिनीहरू एकअर्कालाई धेरै सम्मान गर्दछन्।

क्रिक्बजसँग कुराकानीमा विलियम्सनले भने, ‘कोहलीसँग मेरो धेरै वर्ष पहिलेको मित्रता छ। यो एकदम राम्रो क्षण हो। हाम्रो मित्रता र सम्बन्ध क्रिकेटभन्दा गाढा छ र हामी दुवैलाई यो कुरा राम्रोसँग थाहा छ।’

विलियमसनले भारतीय टीमको पनि प्रशंसा गरे। उनले भारतविरुद्ध खेल्न जहिले पनि चुनौतिपूर्ण हुने बताए।

‘भारतीय टोलीले सबै ढाँचामा बेन्चमार्क सेट गर्दछ। उनीहरूसँगको गहिराई र उनीहरूको देशको क्रिकेट कत्तिको गहिरो छ भनेर देखाउँछ,’ उनले भने।

विलियमसनको नेतृत्वमा न्यूजिल्याण्डले भारतलाई हराएर विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको थियो।

भारतले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा विलियमसनले उत्कृष्ट अर्धशकतीय पारी खेलेका थिए ।

Loading...