कुशलसहित ४ क्रिकेटरले पाए एक/एक लाख पुरस्कार

काठमाडौं- नेपाली क्रिकट टिमका चार खेलाडीले जनही एक/एक लाख पुरस्कार पाएका छन् ।

गत वैशाखमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच भएको त्रिकोणात्मक टी-२० सिरिजमा डेब्यू गरेका चार नेपाली खेलाडीले एक/एक लाख पुरस्कार पाएका हुन् ।

पुरस्कृत हुनेमा कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी र साहब आलम रहेका छन् । यी चारै खेलाडीले सो सिरिजमा डेब्यू गरेका थिए ।

कुशल, आशिफ, कमल र साहबलाई आज एक कार्यक्रमकाबीच पुरस्कारसहित सम्मान गरिएको हो ।

उनीहरूलाई सो पुरस्कार रकम माई सेकेन्ड टिचरले प्रदान गरेको हो । साथै, माई सेकेन्ड टिचरले सो सिरिजमा उपाधि जितेको नेपाली टिमलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

‘गत वैशाखमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ र माइ सेकेन्ड टिचरको सहकार्यमा आज सम्पन्न एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरूप नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यू गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ,’ क्यानले भनेको छ ।

Loading...